खेलकूद
हरिलाल जोशी पुनर्वास, १७ असोज कञ्चनपुरको पुनर्वासका एक स्थानीय समाजसेबी तथा एम.एस.निर्माण सेवाका सञ्चालकले पुनर्वास नगरपालिका–३ स्थित श्री कालिका युवा क्लबलाई जर्सी सहयोग गरेको छ । बुधबार एक कार्यक्रमकाबीच समाजसेबी मोलम तामाङले क्लबका पदाधिकारी तथा खेलाडीलाई जर्सी हस्तान्तरण गरेका हुन्…Read more
“दशगजा कप राष्ट्रप्रेमको प्रतीक” –पत्रकार लामा हरिलाल जोशी पुनर्वास, ५ फागुन÷ एक कार्यक्रमका बीच प्रत्रकार महासंघ कञ्चनपुरका प्रतिनिधि रञ्जित लामाले “दशगजा कप राष्ट्रप्रेमको प्रतीक” भएको बताएका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिकामा सर्वाधिक धनराशिको “दशगजा कप” को पत्रकार सम्मेलनमा प्रमुख अतिथि…Read more
११ भदौ, काठमाडौं  मलेसियामा हुने एसीसी यू-१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । टोलीमा कप्तानीको जिम्मेबारी दिपेन्द्रसिंह एेरीले पाएका छ्न् । टोलीमा कप्तानीको जिम्मेबारी दीपेन्द्र सिंह ऐरीले पाएका छन् । यसअघि सन्दीप लामिछाने…Read more
एजेन्सी  भदौ ९, २०७४   मोनाको । लियोनेल मेस्सीलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डो सन् २०१६–१७ को युइएफए उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । उत्कृष्ट महिला खेलाडी भने बार्सिलोनाकी लिके मार्टिन्स घोषित भइन् । गत सिजन रियललाई ला लिगा र…Read more
२६ साउन, काठमाडौं । ब्राजिलियन प्ले मेकर फिलिप काउटिन्होका लागि बार्सिलोनाले राखेको १०० मिलियन युरोको प्रस्ताव लिभरपुलले अस्वीकार गरेको छ । २५ वर्षीय काउटिन्होका लागि बार्सिलोनाले यो दोस्रो पटक प्रस्ताव गरेको थियो । तर, लिभरपुलले यो प्रस्ताव तत्काल अस्वीकार गरेको…Read more
हेल्लो समाचारदाता काठमाडौं, साउन २४   विश्व चर्चित अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीलाई नेपाल भित्र्याउन युनिसेफ, नेपालले प्रयास सुरु गरेको छ। दुई वर्षअघि नेपालमा आएको विनाशकारी भूइँचालोबाट थलिएको ८ जिल्लामा हाल युनिसेफको मातहतमा रहेर मेसीको लिओ फाउन्डेसनले १४ वटा स्वास्थ्य चौकी निमार्ण…Read more
हेल्लो समाचारदाता एजेन्सी, साउन २४ २५ वर्षीय ब्राजिलियन स्टार नेइमार बार्सिलोना छाडेर फ्रेन्च क्लब पिएसजी गइसकेका छन् । अब बार्सिलोना र त्यहाँका कुरा उनका लागि केवल सम्झना मात्रै हुनेछन् । आखिर नेइमारले अप्रत्यासित रूपमा किन बार्सिलोना छाडे त ? एजेन्सीहरूको…Read more
२२ साउन, काठमाडौं । जसलाई च्याम्पियन धावक उसेन बोल्टको अन्तिम ठूलो दौडका रुपमा प्रमोट गरिएको थियो, त्यसमा जस्टिन ग्याटलिन च्याम्पियन बनेका छन् । अमेरिकाका ग्याटलिनले वल्र्ड एथलेटिक्स च्याम्पियनसिपको १०० मिटर दौडमा स्वर्ण जितका छन् । ३५ वर्षीय ग्याटलिनले ९.९२ सेकेण्डमा…Read more
२१ साउन, ताप्लेजुङ । आइतबारबाट ताप्लेजुङमा सुरु हुने दास्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने खेल मैदानलगायतका भौतिक संरचना निर्माणको काम पूरा भएको आयोजकले जनाएको छ । ताप्लेजुङ जिल्ला फुटबल संघको प्राविधिक…Read more
८ साउन, काठमाडौं । नेपाली खेलाडी अनुभव सुब्बा र शुभम श्रेष्ठले हंगेरीको बुढापेस्टमा जारी १७ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पुरुषतर्फ ५० मिटर बटरफ्लाइ २८.२६ सेकेन्डमा पूरा गर्दै अनुभवले राष्ट्रिय कीर्तिमान रचे ।…Read more
राष्ट्रिय कराँते प्रतियोगिता–२०७४ मा पुनर्वास शाखाकै बर्चश्व हेल्लो समाचारदाता पुनर्वास, २४ जेठ ।  जापान कराँते डो. नाम्बुकाई सितोरियो संघ नेपाल, शाखा पुनर्वासले ६ ओटा स्वर्ण पदक हात पर्न सफल भएको छ । जापान कराँते डो. नाम्बुकाई सितोरियो संघ नेपालको आयोजनामा भएको…Read more
१३ बैशाख, काठमाडौं । पूर्व प्रेमिकाको हत्या अभियोगमा ब्राजिलियन फुटबलर ब्रुनो फर्नान्डोजलाई फेरि जेल हालिने भएको छ । उनीमाथि २०१० मा पूर्व प्रेमिकाको अपहरण गरी हत्या गरेको अभियोग छ । ७ वर्ष जेलमा बिताएका पूर्वगोलकिपर फर्नान्डोज हालै मात्र छुटेका थिए…Read more
११ बैशाख, काठमाडौं । रियल मड्रिडमाथि सनसनीपूर्ण ३(२ को जित हात पार्दै बार्सिलोनाले ला लिगाको उपाधि खुला गरेको छ र इएल क्लासिकोको विजेता थिए(लिओनल मेस्सी । मेस्सीले दुई गोल गरे, जसमा एक खेल सकिन मात्र १२ सेकेण्ड बाँकी रहँदा गरेको…Read more
१० बैशाख, काठमाडौं । टोटनहृयामलाई पराजित गर्दै चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सब्सिच्युट खेलाडी इडेन हर्जाडको उत्कृष्ट प्रदर्शनपछि चेल्सीले टोटनहृयामलाई ४-२ गोल अन्तरले हराएको हो । हर्जाड मैदान प्रवेश गर्दा खेल २-२ को बराबरीमा थियो ।…Read more
७ बैशाख, काठमाडौं । बार्सिलोनाविरुद्ध उसकै घरेलु मैदानमा असाधारण रक्षात्मक प्रदर्शन गर्दै युभेन्टस च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ ।   बुधबार राति भएको दोस्रो लेगमा युभेन्टसले बार्सिलोनालाई गोल गर्न रोक्यो । पहिलो लेगमा ३-० ले पराजित भएको बार्सिलोनाले क्वार्टरफाइनलमा…Read more
७ बैशाख, काठमाडौं । च्याम्पियन्स लिगको मेडल जित्ने सपना टुटेपछि बार्सिलोनाका नेयमारले आफूलाई सम्हाल्न सकेनन् र मैदानमै रोएका छन् ।   पहिलो लेगमा ३-० को हार व्यहोरेको बार्सिलोनाले घरेलु मैदानमा पुनरागमन गर्न चाहेको थियो । तर, युभेन्टसको असाधारण रक्षात्मक प्रदर्शनका…Read more
५ बैशाख, काठमाडौं । क्रिस गेल टी(२० क्रिकेटमा १० हजार रन बनाउने पहिलो क्रिकेटर बनेका छन् । इण्डियन प्रिमियर लिगमा गुजराज लायन्सविरुद्ध ब्याटिङमा उत्रनु अघि गेल यो रेकर्डबाट मात्र ३ रनले टाढा थिए । चौथो ओभरको तेस्रो बलमा उनले १०…Read more
२८ चैत, कैलाली । धनगढी क्रिकेट लिग अन्तर्गत सोमबार भएको दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्सले कञ्चनपुर आइकोनिकलाई १४ रनले पराजित गरेको छ । एसएसपी क्रिकेट मैदान धनगढीमा टस जितेर ब्याटिङ रोजेको शक्ति गौचन नेतृत्वको टोली रुपन्देहीले निर्धारित ओभरमा ८ विकेट गुमाएर…Read more
१८ चैत, काठमाडौं । इमर्जिङ नेसन्स कप अन्तरगत हङकङविरुद्धको म्याचमा ४४औं ओभरमा छक्का प्रहार गर्दै दिपेन्द्रसिंह ऐरीले नेपाललाई जिताए । आफूले खेलेका  ५ अन्तर्राष्ट्रिय म्याचमा उनले तेस्रो अर्धशतक प्रहार गरेका छन् । केवल चारवटा म्याचबाट एउटा ब्याट्सम्यानको पुरा मूल्यांकन हुन…Read more
१८ चैत, काठमाडौं । एसीसी इमर्जिङ कपको सुरुवाति दुई खेलमा सस्तैमा आउट भएका कप्तान ज्ञानेन्द्र मल्लले हङकङविरुद्ध भने अर्धशतक बनाएका छन् । पाकिस्तानसँगको खेलमा मात्र २ रन बनाएका ज्ञानेन्द्रले बंगलादेशविरुद्ध खाता नै खोल्न सकेका थिएनन् । हङकङविरुद्ध भने उनले सम्हलिएर…Read more
Follow
Us