धनगढी डाइग्नोस्टिक्स प्रालिद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग

गगन अयडी
धनगढी, ५ जेठ । धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाईरस (कोभिड १९) दिन प्रतिदिन फैलिदै गएपछि सञ्चारकर्मीलाइ समाचार संकलन गर्न समस्या भएसँगै प्रालिले नेपाल पत्रकार महासंघ धनगढी शाखालाई हस्तान्तण गरेको हो ।
धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्ध निर्देशक महेन्द्र साउँदले नेपाल पत्रकार महासंघका जिल्ला शाखाका कोषाध्यक्ष हिमाल जोशीलाई सो स्वास्थ्य सामग्री हस्तान्तण गरेका हुन् । स्वास्थ्य सामग्री बुझ्दै कोषाध्यक्ष जोशीले स्वास्थ्यकर्मी सुरक्षाकर्मीसँगै सञ्चारकर्मी पनि फ्रन्ट लाईनमा काम गरिरहेको यो अवस्थामा सहयोगले थोरै भएपनि राहत भएको बताए ।
उनले अन्य निकायलाई पनि सञ्चारकर्मीहरुलाई सहयोग गर्न आग्रह गरे । यसैगरी धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले विभिन्न चाड पर्व, वार्षिकोत्सवको अवसरमा पारेर सामाजिक कार्य गर्दै आईरहेको प्रबन्ध निर्देशक साउँदले जानकारी दिए । साउँदले विपद्मा सञ्चारकर्मीलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे ।
सञ्चारकर्मीहरुले भीडभाडमा जोखिम मोलेर जानु पर्ने भएकोले पछिल्लो समय कैलालीमा पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग गर्ने बढेका छन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.