हाईस दुर्घटना हुँदा दुई जना गम्भीर घाईते

-Hello Punarwas

मङ्गलवार, २७ कार्तिक 1:28 PM

हेल्लो समाचारदाता, सुखड २७ कात्तिक 

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ घोडाघोडी मन्दिर नजिकै मंगलबार बिहान हाईस दुर्घटना हुदा दुई जना गम्भीर घाईते भएका छन । गम्भीर घाईते हुनेहरुमा कंचनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका ५ वनसमिति गाउँका वर्ष २४ की लक्ष्मी रावल र बेदकोट नगरपालिका ७ लालपुर गाउका वर्ष ३५ की टिका देबी डगौरा हरेको प्रहरी बताएको छ ।गम्भीर घाईतेहरुको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ । अन्य ९जनाको अवस्था सकुलसल  रहको प्रहरीले को भनाई छ । महेन्द्रनगर बाट नेपालगंज जादै गरेको म १ ज १४२ नम्बरको हाइस दुर्घटनामा परेको हो । हाइसले साईकल यात्रीलाई बचाउने क्रममा अनियन्त्रित भई घोडाघोडी मन्दिर नजिक कै नालीमा खसेको इलाका प्रहरी कार्यलय सुखड प्रमुख यक्ष राज जोशीले बताउनु भयो । हाईसका चालक अहिले इलाका प्रहरी कार्यलय सुखडको नियन्त्रणमा रहेका छन ।

थप सम्बन्धित समाचार
Follow
Us