त्रिभुवनबस्ती प्रहरीको लागूऔषध बिरुद्धको कदम

-Hello Punarwas

बुधवार, २१ कार्तिक 2:54 PM

पुनर्वासमा दुई दिनमै ६ जना लागूऔषध कारोबारी पक्राउ

 रञ्जित लामा
पुनर्वास, २१ कार्तिक ।
कञ्चनपुरको पुनर्वासमा दुई किलो चरेस सहित दुई जनालाई आईतबार पक्राउ गरेको एक दिन पछि मंगलबार पुनः चारजना लागू औषध कारोबारीलाई प्रहरीले पक्राउ गरेका छन् ।
उनीहरुबाट प्रहरीले सरकारबाट प्रतिबन्धित लागूऔषध नाईट्रो भ्याट ट्याबलेट ५४ थान र स्पासमो ट्याबलेट २१ थान बरामद गरेका हुन् ।
यू.पी.३१ के ९६१५ भारतीय नम्बर र से.५.प ९१६९ नम्बरको मोटरसाइकल प्रयोग गरी पुनर्वासबाट धनगढीतर्फ जाँदै गर्दा पुनर्वास नगरपालिका–११, टाउँकेबजारमा लागूऔषधसहित उनीहरु पक्राउ परेका थिए ।

आईतबार बरामद भएको दुई किलो चरेस


पक्राउ पर्नेहरुको नाम भने हाललाई गोप्य राखी उनीहरु माथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।
एक दिन बिराएर पुनः लागूऔषध कारोबारीलाई पक्राउ गरेर लागू औषध नियन्त्रणमा केही दिनदेखि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले आफ्नो दख्खल र दक्षता देखाउँदै आएका छन् । नेपाल–भारत सीमा नाका पुनर्वासबाट पछिल्लो समय लागूऔषधको ओसार–प्रसार बढेपछि त्रिभुवनबस्ती प्रहरीले विशेष अभियान थालेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कर्णबहादुर बमले जानकारी दिए ।
सीमा क्षेत्रमा लागूऔषधको ओसार–पसार तथा प्रयोगकर्ता दिनानुदिन बढेपछि सर्वत्र चिन्ताको विषय बनिरहेकै बेला त्रिभुवनस्ती प्रहरीको लागूऔषध बिरुद्धको यो कदमले यतिखेर सर्बत्र चर्चा कमाएको छ ।

थप सम्बन्धित समाचार
Follow
Us