क्लबलाई जर्सी सहयोग

-Hello Punarwas

बुधवार, १७ आश्विन 10:07 PM

हरिलाल जोशी
पुनर्वास, १७ असोज

कञ्चनपुरको पुनर्वासका एक स्थानीय समाजसेबी तथा एम.एस.निर्माण सेवाका सञ्चालकले पुनर्वास नगरपालिका–३ स्थित श्री कालिका युवा क्लबलाई जर्सी सहयोग गरेको छ ।
बुधबार एक कार्यक्रमकाबीच समाजसेबी मोलम तामाङले क्लबका पदाधिकारी तथा खेलाडीलाई जर्सी हस्तान्तरण गरेका हुन् ।
खेल भावनाको विकास एवम् सामाजिक उत्तरदायित्व वहन गर्दै जर्सी सहयोग गरिएको तामाङले बताए ।
‘यस्ता सहयोगले खेलाडी तथा खेलप्रेमीलाई हौसला बढ्छ्’, उनले भने, ‘आगामी दिनमा पनि अवस्था अनुसार सहयोगको क्रमले निरन्तरता पाउने नै छ ।’
समाजसेबी तामाङ यतिखेर खेलप्रेमी तथा खेलाडीहरु माझ निक्कै लोकप्रिय बन्नुको साथै सामाजिक सञ्जालमा धन्यवादका पात्र समेत बनेका स्थानीय आयुब तामाङले बताए ।

थप सम्बन्धित समाचार
Follow
Us