श्री गौरीशंकर उमाविको ४७ औं वार्षिकोत्सव सम्पन्न

-Hello Punarwas

मङ्गलवार, ९ आश्विन 11:13 PM

– किशोर तामाङ
पुनर्वास, ९ असोज।
श्री गौरी शंकर उच्च माध्यमिक विद्यालयको ४७ औं वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्ती स्थित श्री गौरी शंकर उच्च माध्यमिक विद्यालयको ४७ औं वार्षिकोत्सव विविध सांस्कृतिक तथा कार्यक्रम गरी सम्पन्न भएको हो ।
विद्यालय सञ्चालन समितिका अध्यक्ष पदम पुजाराको सभापतित्वमा सञ्चालन गरिएको समारोहमा प्रमूख अतिथि नेपाल कम्युनिष्ट पार्टी प्रदेश ७ को संसदीय दलको प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य तारा लामा तामाङ रहेका थिए भने विशिष्ट अतिथिमा पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापा रहेका थिए ।


कार्यक्रममा विद्यालयले बिभिन्न विधामा उत्कृष्ट व्यक्तिहरुलाई सम्मान समेत गरेका थिए । सम्मानित हुनेमा उत्कृष्ट वर्ष २०७४ अभिभावकमा चन्द्रा वड, उत्कृष्ट शिक्षकमा दीर्घराज घिमिरे, अक्षयकोष स्थापनाका लागि नगद रु ११ हजार १ सय ११ प्रदान गर्ने भुमिराज तिवारी र ३३ हजार नगद प्रदान गर्ने एस.एल.सी. प्रथम व्याच २०५८ का रोमबहादुर शाही, गणेश थापा, यज्ञ राज जोशी, नारद बोगटी , नवराज ओझा, जितेन्द्र थापा, पदमबहादुर बोहरा, खड्कसिङ धामी, बिमला रिमाल, खगेन्द्र जोशी, सञ्जय विश्वकर्मा र नगरस्तरीय निबन्ध प्रतियोगितामा प्रथम हुने बिनिता पाण्डे र कबिता प्रतियोगितामा तृतीय हुने सरु साउदलाई सम्मान गरिएको छ । यसैगरी सो कार्यक्रममा जेहेन्दार छात्रवृत्ति प्राप्त गर्नेमा केशव साउद, माधुरी भण्डारी, नरेश खाती, लक्ष्मी कार्की र रेखा सार्की रहेका छन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोकबहादुर थापाले विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रधानाध्यापक थापाले आर्थिक पारदर्शिता नितान्त आवश्यक रहेको भन्दै १ करोड १० लाख ४८ हजार ९ सय ५६ रुपैयाँ ९५ पैसाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
शिक्षक यज्ञनारायण पोखरेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षकद्वय दीर्घराज घिमिरे र भक्तबहादुर रोकायाले गरेका थिए ।

थप सम्बन्धित समाचार
Follow
Us