मौसम परिवर्तनका कारण भाइरलको संक्रमण बढ्यो

-Hello Punarwas

मङ्गलवार, २२ साउन 11:34 AM

– पवित्रा बुढा
पुनर्वास, २२ साउन ।
कञ्चनपुरको पुनर्वासमा मौसममा आएको परिवर्तनका कारण मौसमी भाइरलको संक्रमण बढेको छ ।
दिनप्रतिदिन मौसम परिवर्तन भइरहँदा स्थानीय क्लिनिकहरुमा मौसमी भाइरलको संक्रमण बढेको हो ।
वर्षातमा पानीका मुहान दूषित भएका कारण पानीजन्य रोगका बिरामी बढी आउने गरेको पुनर्वास पोलिक्लिनिकका सञ्चालक धोखे रानाले बताए । अहिले रुघाखोकी, झाडा पखाला, हैजा, ज्वरो, मलेरिया, टाइफाइड लगायतका मौसमी रोगका बिरामीको संख्यामा उच्च वृद्धि भएको उनले बताए ।
मौसममा परिवर्तन आइरहेको समयमा खानपान र सरसफाइमा ध्यान नदिँदा दिनप्रतिदिन बिरामीको संख्यामा बृद्धि भइरहेको सञ्चालक रानाले जिकिर गरे । मौसम परिवर्तनले प्रायः बालबच्चा र बुढापाकाहरु बढी प्रभावित हुने भएकोले यसप्रति समयमै सचेत रहन रानाले आग्रह गरेका छन् ।

थप सम्बन्धित समाचार
Follow
Us