हान्दिने हो र्याप भन्दै आए विरही (भिडियो सहित)

-Hello Punarwas

बुधवार, २३ जेठ 9:02 PM

पुष्पा बडैला
धनगढी, २३ जेठ ।

हान्दिने हो र्याप बोलको गीत युट्युबमा सार्वजनिक भएको छ ।
बिरही प्रेम जोशी आफ्नो तेस्रो गीत हान्दिने हो र्यापका साथमा बजारमा आएका हुन् ।
युक्त गीतमा जोशीले आफै स्वर दिएका छन् भने लय लोक खड्का र शब्द गोबिन्द जोशीको रहेको छ ।
निशान एस केले निर्देशन गरेको गीतमा ऋचा थापा, सुशील नागरी र लक्ष्मण नागरीले अभिनय गरेका छन् ।
करिव एक लाख लागत लागेको उक्त गीत यु एन पार्कमा सुटिङ गरिएको छ ।
डोटीको के.आई सिह गाउँपालिका वडा न ६ फलेडी सलेनामा जन्मेका जोशी साङ्गीतिक यात्रामा आफुलाई अब्बल सावित गर्दै आएका छन् ।
यसअघि उनले पहिलो म्युजिक भिडियो सुदूरको हिरो र दोस्रो म्यूजिक भिडियो जान्छु म विदेश सार्वजनिक गरिसकेका छन् ।
यी गीतहरुमा पनि जोशी आफैले स्वर मात्रै दिएका छैनन, आकर्षक अभियन गरी आम दर्शक र स्रोतका मन जित्न सफल भएका छन् ।
जोशी भन्छन्, ‘साङ्गीतिक क्षेत्रमा सफलता पाउन सहज छैन । तर, असम्भव भने छैन ।’
उनी साङगीतिक क्षेत्रमै भविष्य देखेर लागिरहेका छन् । सङ्गीतकै माध्यमबाट आफुलाई चिनाउने उनको अठोट छ ।

हेर्नाेस् भिडियो

 

 

थप सम्बन्धित समाचार
Follow
Us