कठै मेरो पुनर्वास र राजनीति !

-Hello Punarwas

बुधवार, २१ भाद्र 3:18 AM

नवराज लामिछाने


लगभग लगभग क्रान्ति अनि पुनर्वास पर्याय बाची शब्द हुँदै गर्दा को यो अवस्थामा नेपालमै हाम्रो पुनर्वासलाई सानो नेपाल भनेर चिन्दै गरेको कुरालाई कसैले पनि नकार्न नसक्ने अवस्था को सिर्जना हुँदै गरेको छ । बारम्बार हामी पुनर्वासी परिवर्तनको मामलामा क्रान्तिकारी बनेका उदाहरण पनि हामी पाउन सक्छौं । पुनर्वासी दुःखी छौ त केबल केन्द्रले हाम्रो आवजको बेवास्ता गरेकोमा । नेपाल भारतले सीमा विवादलाई चरम बिन्दूमा पु¥याउदा कति पुनर्वासीले आफ्नो ज्यान दाउमा लगाएर गोबिन्द गौतमले ज्यान नै गुमाएको खबर सायदै तीन करोड नेपाली ले नथाहापाएका पनि होइनन् । तर पनि पुनर्वासी दुःखी छन् किन त भन्ने सवालको खोजी न त राज्य ले ग¥यो न त पुनर्वासी नेता ले नै गर्न सके । राष्ट्र सुरक्षाको लागि पल–पल राष्ट्रकै ढाल बनेर उभिएको हाम्रो छातिमा सरासर कुल्चने काम सायदै कुनै पनि पुनर्वासीलाई मन्जुर नहोला । तर पनि मञ्जुर छ किनभने सम्पूर्ण देश नै लाचार छ त हामी येही देशका बसिन्दा न पर्यौं । आज पुनर्वासीको शीर लाज ले भुइ देखिने गरि झुकेको छ आफ्नै घरको संघारमा टेक्न पनि पराइको अनुमती । सुन्दा नै आङ सिरिङ भएर रक्तसञ्चार तीब्र हुन्छ । तर पनि पुनर्वासको राजनीति निदाइरहेको छ । हुन त पुनर्वासको राजनीति जनताले जगाए मात्र उठ्ने बानी परेको कुम्भकर्ण हो । राजनीति बास्तब मै अचम्मको शब्द बेला–बेलामा त लाग्छ पुनर्वासमा पनि राजनीति गर्ने नेता छन् र ? अनि दुई चार जनाको नाउ याद आउँछ मनलाई सम्झाउछु होइन छन् क्यारे ! अनि फेरि झस्किन्छु हिजोको दिन जुन ठाउँको लागि जनताको छोरोले आफ्नो शरीर नै दुश्मन सामु सुताइदियो आज तेहि ठाउँमा नेपाली पाइला भारतको अनुमती बिना टेक्दैन अरे ! धन्य हाम्रो भट्टी भित्रको गिलासको राजनीतिलाई । हुन त हाम्रो पुनर्वास यसै पनि अर्ध नेताको धनी ठाउँ हो नै यहाँ लगाम लगाइएका दुई खुट्टेहरु राजनीतिको परिभाषा दिन्छन् त्यो पनि जनताको सेवक होइन कि नेताको रिमोट बनेर । हुन त म नेतालाई दोष पनि दिन सक्दिन किनभने यहाँ घर सम्हाल्न नसक्नेहरुले देश समाल्ने सपथ लियका छन् त कसरी बन्छ देश ? यहाँ परम्परा बनेको छ सामान्य भारती आउँछ टुटे फुटे फलाम प्लास्टिक भन्छ हाम्रो प्रशासनको हैसियत साटेर लान्छ राजनीति कुन्नी के “लाटा ले केरा हेरे झै” भन्छन् नि हेरेको हेरै हुन्छन । आजको गोबिन्द बजारको नाका अबैध नाका अरे सत्य पनि हो अबैध सामान ओसार पोसार गर्ने नाकालाई अबैध नाका नै भनिन्छ । आकल झुकल भए पनि पत्रकारको कलम चल्छ अनि प्रशासनको उत्तर आउँछ खै हामीलाइ त खबर छैन । जबकी जनता चकित छन् । मञ्चबाट माइक थर्कन्छ हाम्रो सीमा हामीलाइ चाहिन्छ अनि कुनै झण्डे सामाजिक सञ्जालमा लेख्छ हाम्रो नेता जे बोल्नु हुन्छ गरेर देखाउनु हुन्छ जनता बोल्छ भुत्राको नेता तर सुन्ने को ? एउटा डाँडाको गोबिन्दे मरेर गयो लाख सलाम महान गोबिन्दलाई तर यहाँको राजनीति बाँच्दा बाँच्दै पनि म¥यो तिनीहरुलाई पनि रिसले चुर भएर झ्याम्मै माया गरौ झंै त लाग्छ । रातारात कल्बर्ट स्थल बेचियो रातारात कोशी बेचियो तर पनि हामी हार स्वीकार्दैनौ किनकी हामी स्वाभिमानी नेपाली । हिजोको स्थानीय निर्बाचनको माहोल थियो नेताको हैसियत मैले भनि रहनु पर्दैन तर आज तिनै नेता कल्बर्ट भारतमा जाँदा कुन दुलोमा छन् जावाफ छ भने दिदा हुन्छ । दूध खुवाएर पालेको सर्पले आफैलाई डस्छ भन्ने थाहा छ हामीलाइ तर पनि किन हामी तिनै सर्पलाई दूध पिलाउछौ ??? हुन त मलाई धेरै महानुभाबले भननि नै रहनु भएको छ सामाजिक सञ्जालमा राष्ट्र प्रेम पोख्नु बहादुरी होइन तर पनि म भन्दै गए मेरो एक भोट भनेको के त ??? हाम्रा रागी र हेमन्तेहरु आफ्नो ज्यान सुकाएर मातृभुमीको लागि चिन्तित छन् उता आफू बस्दै आएको जमिन नै अरुले कब्जा गरेपछि कुलेहरु आफ्नो नगरिकता नै हराएको भनेर सरकार सामु पीडा पोख्न बाध्य छन् । तर ब्यर्थ सब ब्यर्थ हाम्रो सरकार नै अन्धो छ, बैरो छ । कल्बर्ट लुटिएको उसलाई दुख्दैन कोशी बेचिएको उसलाई दुख्दैन । यही नै हो नेपाली राजनीतिको हैसियत ।

हाम्रा रागी र हेमन्तेहरु आफ्नो ज्यान सुकाएर मातृभुमीको लागि चिन्तित छन् उता आफू बस्दै आएको जमिन नै अरुले कब्जा गरेपछि कुलेहरु आफ्नो नगरिकता नै हराएको भनेर सरकार सामु पीडा पोख्न बाध्य छन् । तर ब्यर्थ सब ब्यर्थ हाम्रो सरकार नै अन्धो छ, बैरो छ । कल्बर्ट लुटिएको उसलाई दुख्दैन कोशी बेचिएको उसलाई दुख्दैन । यही नै हो नेपाली राजनीतिको हैसियत । 


हाम्रा अति नै प्यारा पुनर्वासी राजनीतिज्ञहरु जनता अझै पनि साथ छन् केही सक्दैनौ भने देशको राजनीतिको लाज त राख बोल्नको लागि जिब्रोमा नथ्थी लगाइएको छ भने इशारा गर जनता बोल्न तयार छ तर लाचार भएर बाँच्न सक्दैन । सीमा काण्ड त्यसै हराएर जान्छ गोबिन्दे त्यसै कराएर जान्छ सर्बे टोली त आउँछ त्यो पनि डराएर जान्छ । छ महिना पार भयो नेपालीकै हार भयो हाम्रो सरकार नै लाचार भयो । जनता जागे गरे गस्ती यही कुरा प्रशासनलाई सास्ती स्थानिय नेता गिलास मै मस्ति आज एक भोलि एक गर्दै लुटिए बस्ती ।
अर्को पट्टि ध्यान दिदा होइन हामी नेता छान्न असफल हौ कि हाम्रा नेता नै असफल ? आफै भित्र प्रश्न उठ्छ । दुःखी छन् सम्पूर्ण पुनर्वासी नै दुःखी छन् आजको दिनमा सहिद गोबिन्द लडेको ठाउँबाट लगभग ५ सय मिटर भारततिर सीमा देखिंदा सरकार बोल्न सक्दैन । दोषीलाई कार्बाही नहुदा सरकार बोल्न सक्दैन । नेपालकै भू–भागमा नेपाली जान समेत भारतीयको अनुमती लिन पर्दा सरकार बोल्न सक्दैन । सरकार बोल्न नसक्दा यहाँ नगर बोल्न सक्दैन । आखिर यो सब किन पुनर्वासीलाई जवाफ चाहिएको छ ? हाकाहाकी सीमा लुटिदा यहाँ पार्टी भनेर बसिन्छ । पार्टी भन्दा पहिला हामी नेपाली भन्ने भाव पलाउन नसक्नु हाम्रो अहोभाग्य हो ।
बिडम्बना ! सारै नै बिडम्बना !! आज हाम्रो घर सिधै छिमेकी आएर दादागिरी देखाउछ घरबाट निकाल्छ तर घर मुलि छिमेकी सामु बोल्न सक्दैन अरु सदस्य कराएर छिमेकी सुन्न तयार हुदैन । हुन त हामीले बाल्यकालदेखिदेखि नै पढ्दै आएको कुरा हो हुदैन “बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपूत मरेर नगए ।” सरकार त्यही दुई चार सपूतको मरणको पर्खाइमा हो भने घोषणा गरिदिए हुन्छ पुनर्बासी तयार छ । होइन भने सवाल धर्ती माताको हो कुकुर भुक्दै गर्छ हात्ती लम्कदै गर्छ यो जनतालाई स्वीकार्य हुने छैन । बुलन्दी आवाजको सुरुवाती घर गाउँबाट सुरु हुनु नितान्त आवश्यक छ नगरस्तरीय आदरणीय नेता ज्यूहरुले पनि याद गर्नु जरुरी छ । घर हाम्रो हो समस्या देशको हो त्यस कारण पनि यो घर नतातेसम्म देशले सायदै सुन्ने वाला छैन । हिजोको पुनर्वासको घटना अनि आजको पुनर्वासको अवस्थाले यदि पुनर्वासको राजनीति मौन रहयो भने सायदै सुनामी पक्का हुने देखिन्छ । जबसम्म देश हाँस्छ जनताले प्रतिनिधि नेता तर जब देश रुन्छ नेताको प्रतिनिधि जनता हुने परम्परा फेरिनु पर्छ । सरकारले पुनर्वासलाई सुन्नु पर्छ तर फेरि पनि आनाकानी गर्छ वा सुन्न अस्वीकार गर्छ भने त्यसको जिम्मा लिन सक्नुपर्छ पुनर्वासको राजनीतिले । जय नेपाल

थप सम्बन्धित समाचार
Follow
Us