खुट्टाले हवाइजहाज चलाउने पाइलट भदौ १६ काठमाडौ आउने र २१ गते फर्कने

-Hello Punarwas

सोमवार, १२ भाद्र 2:18 PM

काठमाडौ , भदौ १२

जहाजका  ककपिटमा उनका हातका औला चल्दैनन,खुट्टाका औला चल्छन । अरुका लागि बोझ होइन,उत्साह र प्रेरणापुञ्ज बनिरहेकी छिन । तिनै जेसिका कक्स हवाइ जहाज उडाउन र साहसिक खेल खेल्न सक्छिन । ३४ बर्षीया जेसिका कक्स तेक्वाण्डेकी ब्लाकवेल्ट होल्डर पनि हुन । खुट्टाले हवाई जहाज चलाउने पहिलो महिलाको रुपमा कक्सले गिनिज बुकमा नाम लेखाएकी छन् । अमेरिकामा जन्मिएकी तिनै कक्स चारदिनपछि नेपाल भ्रमणमा आउँदैछिन् ।


ह्याण्डीक्याप इन्टरनेशनलकी सदभावना राजदूतको रुपमा कक्स नेपाल भ्रमणमा आउन लागेकी हुन । ह्याण्डीक्याप इन्टरनेशनलका अनुसार कक्सले भदौ १६ गतेदेखि २१ गतेसम्म नेपाल भ्रमण गर्न लागेकी हुन । कक्सलाई उघृत गर्दै हयाण्डक्याप इन्टरनेशनलले भनेको छ ‘समावेशी शिक्षाको प्रभाव र शारिरीक अस्वस्थ रहेकाहरुको बिश्वव्यापी अधिकारको महत्वका बारेमा आफना धारणाहरु राख्नेछु ।’

 

कक्सले इथियोपिया,फिलिपिन्स र नेपालको भ्रमण गर्न लागेकी हुन । शारिरीक रुपमा अस्वस्थ रहेकाहरुको वास्तविकता बुझन,उनीहरुका बारेमा भइरहेको काम र विकासोन्मुख मुलुकमा उनीहरुका लागि गर्न सकिने कामका बारेमा कक्स नेपाल आउन लागेकी हुन ।


उनी खुट्टा विहिन शरिर लिएर जन्मिएकी थिइन । कक्सले १४ बर्षको उमेरमा तेक्वाण्डोमा ब्ल्याक वेल्ट पाएकी हुन । अरिजोना बिश्लबिद्यालयबाट सन २००५ मा मनोबिज्ञानमा स्नातक गरेकी कक्स पाइलट बन्न सफल भएकी छन् । उनी सन २००८ मा पाइलट बनेकी हुन ।

रक क्लाइमिङ गर्न र हिउसँग खेल्न रुचाउने कक्स अस्वस्थ शारिरीक अवस्थामा भएकाहरुका लागि प्रेरणाकी स्रोत हुन । अमेरिकाको अरिजोनामा सन १९८३ फेब्रअरी २ मा जन्मिएकी जेसिका कक्सले सन २०१५ मा आत्मकथा पनि प्रकाशित गरेकी छिन् ।

 

थप सम्बन्धित समाचार
Follow
Us