वीपी कोईराला प्रतिष्ठानमा अज्ञात रोगबाट चार बालबालिकाको मृत्यु, चिकित्सक भन्छन्– रोग पहिचान हुनै सकेन

सुनसरी, भदौ २

https://www.hellopunarwas.com

 

 

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनामा उपचारार्थ ४ जनाको अज्ञात रोगबाट मृत्यु भएको छ ।

मृत्यु हुनेहरु ६ देखि १४ वर्ष उमेर समुहका बालबालिका रहेका छन् । उच्च ज्वरो आउने, रगत छाद्ने, पेट दुख्ने लक्षण देखिएको उपचारमा संलग्न चिकित्सक डा. प्रकाश पौडेलले बताए ।

‘ज्वरो आएर अस्पताल आएको हुन्छ, हामीले डाइग्नोसिस गर्न नपाउंदै रगत वान्ता गर्ने, पेट दुख्ने र श्वास फेर्न नसक्ने भई एक–दुई घण्टामै उनिहरुको मृत्यु भईहाल्छ । त्यसकारण हामीले अहिलेसम्म रोगबारे थाहा पाउन सकेका छैनौ’ उनले भने ।

स्क्रबटाइफस, डेंगु, हान्टा भाइरस जस्तै कुनै कमन हुनसक्ने डा पौडेलले बताए । उनले परीक्षण गर्नै नपाई तत्कालै विरामीको मृत्यु भएकाले के रोग हो भन्ने पहिचान गर्न नसकिएको बताए । भाइरल हेमोरेजिक फिभर हुनसक्ने डा. पौडेलको भनाई छ ।

साउन १५, २४, ३१ र भदौ १ गते ती बालबालिकाहरु प्रतिष्ठानको पेडियाट्रिक इमरजेन्सीमा उपचारका लागि ल्याइएका थिए । यसरी मर्नेहरुमा राजु कार्की इटहरी–१० सुनसरी, प्रितीकुमारी चौधरी कन्चनपुर–१० सप्तरी, प्रशान्त राई थोकशिला–९ उदयपुर र विकल्प राई धरान–१७, सुनसरी रहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले बताए ।

अनौठो रोगले धमाधम मर्न थालेपछि  अस्पतालको रिपोर्टिङ सिस्टम अनुसार मेडिकल रेकर्ड सेक्सनले काठमाडौंको टेकुस्थित इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखालाई यसबारे जानकारी गराएको जनाएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.