नागरिकको सेवामा नेपाली सेना, साथमा अमेरिकी सेना

काठमाडाैं , भदौ २

 

 

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा गोरखा नगरपालिका ८ आहालेको सरस्वति माध्यमिक विद्यालय परिसरमा पाँच दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।

नेपाली सेना र अमेरिकन सेनाका बिशेषज्ञ चिकित्सकले सेवा दिएको शिविरमा दुई हजार २८ नागरिकले सेवा लिएका छन्। स्थानीयलाई बालरोग, छाला तथा यौनरोग, दन्त, आँखा, सामान्य उपचारलगायतका सेवा दिइएको नेपाली सेनाले जनाएको छ।

 

शिविरमा बिभिन्न रोगका विशेषज्ञ नेपाली सेनाका ११ जना र अमेरिकन सेनाका ३१ जना डाक्टरहरुले विरामीको सेवा गरेका छन्।

 

सेनाका प्राविधिकले जिल्लाका विभिन्न पाँच विद्यालयहरुमा मर्मत, वायरिङलगायतका कामहरु पनि गरेका छन् संसारी माबि गाँखु, महेन्द्र माबि कुन्दुर, गोरखा अस्पताल, छेवेटार स्वास्थ्यचौकीमा पनि वायरिङ, भवन मर्मत लगायतका कार्यहरु नेपाली सेना र अमेरिकन सेनाको संयुक्त टोलीले गरेको हो।

 

शिविरको नेपाली सेनाको महानिर्देशक हेमन्तराज कुँवरले निरीक्षण गरेका छन्।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.