काउटिन्होका लागि बार्सिलोनाको १०० मिलियन युरोको प्रस्ताव अस्वीकृत

२६ साउन, काठमाडौं ।

ब्राजिलियन प्ले मेकर फिलिप काउटिन्होका लागि बार्सिलोनाले राखेको १०० मिलियन युरोको प्रस्ताव लिभरपुलले अस्वीकार गरेको छ ।
२५ वर्षीय काउटिन्होका लागि बार्सिलोनाले यो दोस्रो पटक प्रस्ताव गरेको थियो । तर, लिभरपुलले यो प्रस्ताव तत्काल अस्वीकार गरेको छ । २०१३ मा इन्टर मिलानबाट एन्फिल्डमा आएका काउटिन्होलाई नबेच्ने लिभरपुलको अडान छ ।
बार्सिलोनाले गत साता मात्र नेयमारलाई कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेनलाई बेचेको छ ।
काउटिन्होले गत सिजन १४ गोल गरे तर, चोटका कारण ६ साता मैदान बाहिर रहे । उनले जनवरीमा मात्र ५ वर्षे नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए, जसमा रिलिज क्लज छैन ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.