बार्सिलोनाको त्यो ‘ऐतिहासिक रात’, जुन नेइमारले ‘बार्सिलोना छाड्ने’ कारण बन्यो

-Hello Punarwas

मङ्गलवार, २४ साउन 1:10 PM

हेल्लो समाचारदाता

एजेन्सी, साउन २४

२५ वर्षीय ब्राजिलियन स्टार नेइमार बार्सिलोना छाडेर फ्रेन्च क्लब पिएसजी गइसकेका छन् । अब बार्सिलोना र त्यहाँका कुरा उनका लागि केवल सम्झना मात्रै हुनेछन् । आखिर नेइमारले अप्रत्यासित रूपमा किन बार्सिलोना छाडे त ? एजेन्सीहरूको सहयोगमा हामीले केही केलाउने प्रयास गरेका छौं ।

गत सिजनको च्याम्पियन्स लिगमा बार्सिलोना अन्तिम चारबाट बाहिरियो । अन्तिम आठमा संघर्षपूर्ण र ऐतिहासिक जित निकाल्दै उसले अन्तिम चारको यात्रा तय गरेको थियो । तर, अन्तिम चारबाटै उसको यात्रा टुंगियो ।

गत मार्चमा भएको अन्तिम आठको खेलमा बार्सिलोनाले पिएसजीविरुद्ध उल्लेखनीय जीत हात पार्यो । पहिलो लेगमा ४–० ले पछि परेको बार्सिलोनाले अन्तिम चारमा स्थान बनाउन पिएसजीले लिएको ५–० को एग्रिगेट अग्रतालाई ध्वस्त पार्नुथियो ।

खेलको तेस्रो, चालीसौं र पचासौं मिनेटमा क्रमशः लुइस स्वारेज, लेभिन क्रुजुवा, र लिओनल मेस्सीले गोल गरेका थिए । जसका कारण बार्सिलोनाले खेलमा फर्किने संकेत दिएको थियो । त्यसबेला उसले ३–० को अवस्था बनाइसकेको थियो ।

घरेलु मैदान नोउ क्याम्पमा खेल सकिन ३ मिनेट मात्रै बाँकी रहँदा बार्सिलोना निकै दबाबमा थियो । खेलको ८९ औं र ८०औं मिनेटमा महत्त्वपूर्ण गोल गर्दै नेइमारले बार्सिलोनालाई बराबरीमा ल्याए । वा भनौं, टिमलाई अप्रत्यासित रूपमा खेलमा फर्काए ।

त्यस्तो संगीन मोडमा सर्जियो रोबार्टोले अतिरिक्त समयमा थप १ गोल गरेपछि बार्सिलोनाले पिएसजीमाथि सनसनीपूर्ण ६–१ गोल अन्तरको विजय हात । तब समग्रमा उसले आफ्नो पक्षम नतिजा निकाल्यो । बार्सिलोनाको यो पुनरागमनलाई च्याम्पियन्स लिगकै ऐतिहासिक कम ब्याक मानिएको छ ।

अन्तिम ७ मिनेटमा ७ गोल गरेपछि बार्सिलोनाको जीत सम्भव भएको थियो । त्यस्तो खेलमा २ गोल नेइमारले गरेका थिए । त्यत्ति मात्रै हैन, निर्णायक गोलका लागि उनैले पास मिलाएका थिए ।

बार्सिलोनाको त्यस्तो सनसनीपूर्ण र ऐतिहासिक जितपछि एउटा तस्बिर निकै भाइरल बन्यो, जसमा मेस्सी ‘नाइके’ को पोजमा देखिन्थे । विज्ञापन बोर्डमा देखिएको उक्त तस्बिरमा समर्थकको हुटिङ देखेर मेस्सी भावविह्वल हुनु स्वभाविक पनि थियो ।

त्यसो त पछि त्यही तस्बिरलाई क्लब बार्सिलोनाले पनि आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत् सार्वजनिक गरेको थियो । अन्ततः त्यही तस्बिरले नयाँ तरंग ल्यायो ।

भयो के भने, खेलमा निर्णायक बनेका र क्लबलाई जित दिलाउन सर्वाधिक महत्त्वपूर्ण भूमिका खेलेका नेइमारले उक्त क्षणमा आफ्नो ‘अवमूल्यन भएको’ अनुभूत गरे । यो कुरा उनले आफ्ना नजिकका केही साथीभाइलाई पनि सेयर गरेको त्यसबेला स्पेनिस सञ्चारमाध्यमले समाचार बनाएका थिए ।

नेइमारले खेलमा आफ्नो ‘करिअरकै उत्कृष्ट प्रदर्शन’ गर्दै बार्सिलोनालाई अकल्पनीय जित दिलाए । तर, क्लबदेखि समर्थक सबैको नजरमा मेस्सी नै केन्द्रमा परे । त्यही तस्बिर भाइरन बन्यो । त्यही तस्बिरको प्रशंसामा सबैजना व्यस्त देखेपछि नेइमारले ‘अति भएको’ भएको अनुभूत गरेका थिए ।

अन्ततः गत वर्ष मात्रै क्लबसँग सम्झौता लम्ब्याएका नेइमारले त्यसैबेलादेखि अप्रत्यासित रूपमा बार्सिलोना छाड्ने सोच बनाएका थिए । नभन्दै उनले सबैलाई ठूलै झड्का दिँदै संसारकै ठूलो क्लब छाडेर गए । नेइमारको अबको भविष्य के हुन्छ, त्यो हेर्न त पर्खनुपर्छ ।

थप सम्बन्धित समाचार
Follow
Us