सगरमाथा चढेको झुठो विवरण पेश गर्ने भारतीय दम्पती प्रहरी सेवाबाट बर्खास्त

हेल्लो समाचारदाता

प्रहरीले जाँचको क्रममा उनीहरुले तस्वीरहरु जोडजाड पारेर सार्वजनिक गरिएको निष्कर्ष निकालेको बीबीसीले जनाएको छ।

दिनेश र तारकेश्वरी राठौडले सगरमाथाको सफल अरोहण गरेर सगरमाथा चढ्ने भारतको पहिलो जोडी बनेको बताएका थिए।

तर उनीहरुसँगै आरोहण गर्ने व्यक्तिहरुले ती जोडीले सगरमाथाको सफल अरोहण गरेको बारेमा प्रश्न उठाएपछि आशंका बढेको थियो। छानबिन गर्दा उनीहरुले आरोहण गर्दा लगाएको कपडा, जुत्ता र तस्वीरमा देखिएको कपडा फरक भएको पाईएको थियो।

कमिश्नर सेहिब्राओ पाटिलले पीटीआई समाचार संस्थालाई उक्त दम्पतीले गलत सूचना दिएर महाराष्ट्र प्रहरीको प्रतिष्ठामा आँच पुर्याएको प्रतिक्रिया दिएका छन्।

छानबिनको क्रममा नेपाली अधिकारीहरुले उनीहरुले प्रस्तुत गरेको प्रमाण झुठो भएको निष्कर्श निकाल्दै ती दम्पत्तिलाई १० वर्षका लागि पर्वतारोहणमा प्रतिबन्ध लागाइसकेको छ।

नेपालको पर्यटन विभागले पनि सुरुमा उनीहरुको आरोहणलाई मान्यता दिएपछि अनुसन्धानपछि त्यसलाई रद्द गरेको थियो।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.