पाथिभरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा

२१ साउन, ताप्लेजुङ ।

आइतबारबाट ताप्लेजुङमा सुरु हुने दास्रो पाथिभरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने खेल मैदानलगायतका भौतिक संरचना निर्माणको काम पूरा भएको आयोजकले जनाएको छ ।

ताप्लेजुङ जिल्ला फुटबल संघको प्राविधिक सहयोग साथै लाखे जात्रा खेल सञ्चालन समितिको आयोजनामा जिल्लास्थित भानुजन माविको खेल मैदानमा हुने खेलको लागि खेल मैदानको स्तरोन्नति, दर्शकका लागि अस्थायी बासको प्याराफिट निमार्ण लगायतका कार्य सकिएको लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष युगराज गुरुङले जानकारी दिए ।

अब सो खेल अवधिभर सहभागि हुने खेलाडिहरुका लागि आवाससहितको व्यावस्थापनको टुङ्गो आज बेलुका सम्ममा लगाउने गरुङको भनाइ छ । यसअघि जनै पूर्णिमाका दिन सम्पन्न हुने प्रतियोगिता यस वर्ष भने प्राविधिक समस्याका कारण केही ढिला गरी सुरु हुन लागेको हो ।

जिल्लाका २ टिम साथै जिल्ला बाहिरका ८ टिम सहभागि हुने खेलको यसअघि नै तालिका सार्वजनिक भइसकेको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.