राशिफल, बिहीबार, साउन ५, २०७४

-Hello Punarwas

बिहिवार, ५ साउन 1:43 PM

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

अनावश्यक खर्च नियन्त्रण हुनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । व्यवसायमा प्रगति हुनेछ । बुद्धि बढ्नेछ ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

सञ्चित धन खर्च हुनेछ । मुहारमा मलिनता छाउनेछ । अनावश्यक खर्च नियन्त्रण हुनेछ । यात्रा हुन सक्छ । स्वास्थ्यमा सुधार आउनेछ ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

दैनिक कार्यमा मन जानेछ । अनावश्यक खर्च बढ्नेछ । रचनात्मक कार्यबाट मनोबल बढ्नेछ । रोकिएका काम सुचारु हुनेछन् ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सामाजिक कार्यमा लागिनेछ । व्यवसायमा अवरोध हुनेछ । मनमा अशान्ति बढ्नेछ । आय-आर्जन प्रभावकारी नरहला । बुद्धि बढ्नेछ ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

परिश्रम बढ्नेछ । दैनिक कार्यमा ढिलासुस्ती र उल्झन सामना गर्नुपर्नेछ । धन क्षय हुन सक्छ । यात्रा हुनेछ ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

सामाजिक कार्यमा लागिनेछ । वैदेशिक यात्रा हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । मित्र सुख मिल्नेछ । यात्रामा लाभ हुनेछ । बुद्धि बढ्नेछ ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मुहारमा कान्ति बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाइको सहयोगले कार्य सफल हुनेछन् । कष्टकर यात्रा हुनेछ ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

अध्ययन÷अध्यापनमा ध्यान जानेछ । झमेला बढ्नेछ । वैदेशिक कार्य बन्नेछन् । अनावश्यक विवाद हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

वैदेशिक व्यापारबाट लाभ मिल्नेछ । राजनीतिक कार्यमा अनावश्यक झमेला देखा पर्ला । आदर्श व्यक्तित्वको मार्गदर्शन प्राप्त हुनेछ ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

अध्ययन/अध्यापन अवरुद्ध रहनेछ । रोजगारमा पदोन्नति हुनेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । मातृसुख प्राप्त हुनेछ । श्री प्राप्ति हुनेछ ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

उत्साह, स्फूर्ति बढ्नेछ । आध्यात्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ । गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ । कार्य सुचारु हुनेछन् ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

शारीरिक आलश्यता बढ्नेछ । बिछोडिएका मित्रसँग भेट हुनेछ । यात्रा कष्टदायक रहे पनि कार्य बन्नेछ । दाजुभाइबीच मनमुटाव बढ्नेछ ।

थप सम्बन्धित समाचार
Follow
Us