बेल्डाँडीमा सीमा सुरक्षा बलका लागि ठाउँ तोक्यो

-Hello Punarwas

मङ्गलवार, २२ चैत्र 3:20 PM

विमल धामी
कञ्चनपुर, २२ चैत्र ।
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको वडा नं. ५ झिलमिला फाटा नजिक सीमा सुरक्षा बलको क्याम्प राख्नका लागि २ बिघा जमिन दिईएको छ ।
स्थानीय राजनीतिक दल, किसान मध्यवर्ती सामुदायिक, सीमाका नागरिकहरुको पहलमा वन कार्यालयले २ बिघा जमिन दिने निर्णय गरेको छ । भारतीय सिमामा बिभिन्न खाले अपराधिक कृयाकलाप, सीमा मिच्ने कार्य बढेकाले स्थानीयहरुको माग बमोजिम बन कार्यालयले २ बिघा जमिन दिने निर्र्णय गरेको हो ।
भारतीयहरुबाट बारम्बार पीडित हुदै गरेका सीमावासीहरु सीमा सुरक्षा बल आउने भए पछि हर्षित भएका छन् । मंगलबार सीमा सुरक्षा बलले आफुलाई दिएको ठाउँको अवलोकन गरेको छ । स्थानीय दल र स्थानीबासीहरुको रहोवरमा मंगललबार अवलोकान गरेको हो । ३१ नं. पिल्लर भन्दा १ किलोमिटर उत्तर र भारतीय सीमा सुरक्षा बल भन्दा २ किलो मिटर टाढा र सिद्धार्थ युवा क्लवको पश्चिमतिर रहेको जमिन क्याम्पलाई दिएको स्थानीय नेता सन्देश पाण्डेले जानकारी गराउनु भयो । वहाँले भन्नु भयो “दुई देश बीच सीमाका कारण हुने पटक–पटक विवादलाई अन्त्य गर्नको लागि सशस्त्र प्रहरी बल राख्नु परेको बताए । ”
सीमा सुरक्षा बल बस्यो भने नेपाली लाई डर, त्रास, धम्की जस्ता कार्य घट्ने र मातृ भुमिको रक्षा गर्न सजिलो हुने स्थानीयहरुको बुझाई रहेको छ ।
आफुहरुले क्याम्प राख्नको लागि संगठनमा पहल गरेको बेलौरी सीमा सुरक्षा बलका ईन्चार्ज रामबहादुर खत्रीले जानकारी दिनु भयो । वहाँले भन्नु भयो “आफुहरुलाई बस्ने ठाउँ नभएर समस्या भएको थियो अव छिट्टै क्याम्प बन्ने बन्छ ।”

थप सम्बन्धित समाचार
Follow
Us