हे मुर्ख हो ! प्याराताल भारतले लग्दैछ– दीनबन्धु अर्याल

-Hello Punarwas

शनिवार, २१ फाल्गुण 10:28 AM

धेरै संस्थाहरु आए, गए, फोटो मात्र खिचे भित्तामा झुन्डाए अनि भने सुदूरपश्चिमको सुन्दर प्याराताल !

वि.स. १९९७ साल माघ २९ गते बुबा टीकाराम अर्याल र माता हरिप्रभादेवी अर्यालको कोखबाट स्याङजा बालिङ–८ मा दीनबन्धु अर्यालको जन्म भएको थियो । हाल पुनर्वास नगरपालिका–१ बीचफाँटा, वीचटोलमा स्थायी बसोबास गर्दै आउनु भएका अर्याल हाल सीमा अतिक्रमण बिरुद्ध संघर्ष समितिको अध्यक्ष पदमा समेत रहनु भएको छ । युवा अवस्थामा चारधाम भ्रमण गरे लगत्तै नेपालका हरेक सीमाना अवलोकन गर्ने क्रममा यहाँ आइपुग्दा प्यारातालको अलौकिक सुन्दरताले वहाँलाई आकर्षित पारेको थियो । मनोरम प्राकृतिक सुन्दरताको काखमा लेस्सिदै र ढेस्सिदै तत्कालीन समयमा स्थानीय बागेश्वरी उच्च मा.वि., राष्ट्रिय मा.वि.को स्थापनाका लागि पनि अथक प्रयासमा तत्लीन रहनु भएको थियो । सीमा बचाउनका लागि अथक प्रयास गर्नु भएका अर्यालसँग हाम्रा ‘हेल्लो पुनर्वास’का सम्वाददाता कुलप्रसाद धितालसँगको समसामयिक अन्तवार्ताको संक्षिप्त कुराकानीः

– प्रथम त यँहालाई हेल्लो पुनर्वासमा स्वागत गर्न चाहन्छु । नमस्कार ! के गर्दै हुनुहुनछ आजभोलि ?
‘हेल्लो पुनर्वास’ परिवारलाई मेरो तर्फबाट ! धन्यवाद ! नमस्कार !! आजभोलि उमेरको बढ्दो शारीरिक प्रतिकूलताको कारणले प्रायः घरमै विताउँछु । आवश्यक कारणमा विशेष त प्यारातालको संरक्षण र सुरक्षाका लागि के गर्ने त भनेर केही प्रभुद्ध व्यक्तिसँग छलफल गरिरहेको हुन्छु । सातौ दशक पछि यस “हेल्लो पुनर्वास” पत्रिकासँग प्रत्यक्ष अन्तर्वाता गर्न पाउँदा पुनः हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
– सीमा अतिक्रमण बिरुद्ध संघर्ष समितिको अध्यक्ष पदमा आसिन हुनु हुन्छ । के गर्नु भयो त प्यारातालका लागि ?
यथार्थता र वास्ताविकता निकै गाहिरो अनि लामो छ । सुदूरपश्चिमकै मुटुको रुपमा यसलाई लिँदा फरक पर्दैन जस्तो लाग्छ मलाई । प्याराताल अवलोकन पश्चात यसको विषयमा ग्रामीण स्तरमा करिब ३६ सालतिर व्यापक छलफल भयो । सीमा क्षेत्रमा अवस्थित यो प्याराताल सम्भवत कतिपय सुदुरपश्चिमका आमजन समुदायलाई अझै पनि थाहा नहोला । कारण के छ भने एक त यो ताल देशकै एक पिछडिएको कुना कन्दरामा रहनु र अर्को कुरा यसको विषयमा राज्य पक्षबाट कुनै पहल नगरिनुले यस तालको इतिहास भ्रुणमै बिलीन हुँदै गयो । भारत मित्रराष्ट्र तर जे गरे पनि चुपचाप सहने हाम्रा कथित राष्ट्रवादी नेताहरुको लाचारपनले गर्दा धेरै ठाउँका सीमाना अतिक्रमण भइसकेको छ । उदाहरणार्थ भन्नै परेन ! थुप्रै उदाहरणहरु हामीमाथि छर्लङ्ग परेकै कुरा हो नि ! तत्कालीन समयमा केही व्यक्तिहरुको जग्गामा जंगे पिल्लर गाडेको अवस्थामा ती व्यक्तिहरुको गुहार हाम्रो कानूनले नसुनिरहन सकेन । तत्पश्चत केही प्रभुद्ध व्यक्तिहरु साथमा लिएर सीमा अतिक्रमण बिरुद्ध संघर्ष समितिको गठन ग¥यो । जसमा हाम्रा अनन्य मित्र कुंवेर नाथ पनि सक्रिय रुपले लागिरहन्ु भयो । कुरा त्यति मात्रै रहनेछ आफू नमरी स्वर्ग देखिन्न भनेझै हाम्रो समिति अगाडि बढने क्रममा सीमा अतिक्रमणको रहस्य बल्ल खुलेको हामीलाई भान भयो । १० औं पटक पिल्लरका विषयमा प्रमुख जिल्ला अधिकारीलाई अवगत गरायौं तर सुनुवाई भएन । प्यारातालबाट एक किलोमिटर पर रहेको दशगजा स्थित पिल्लर एकाएक हराउने क्रम जारी रहंदा यो मन चुप लागेर बस्न सकेन । कञ्चनपुर सीमानाका धेरै पिल्लरहरु हराउँदै जान थालेको कुरा त्रिभुवन, उभियाफाँटा, बेलौरी क्षेत्रबाट समेत आउन थालेपछि हाम्रो समिति महेन्द्रनगर पुग्यो । तत्कालीन महेन्द्र पाण्डे जि.वि.का अधिकृतले हामीलाई उल्टो सीमाछेउका आतंकवादी भनिसकेपछि हाम्रो रीसले सीमा नाघ्यो । मैले त्योे वचन सहन नसकी घटी समाउन पुगेछु । धेरै वेरको साथीहरुको सत्प्रयास र सम्झाइ बुझाइले म आफूलाई नियन्त्रणमा ल्याउन सकें । पछि सीमास्तम्भ अवलोकन गर्न आउने र समस्या निराकरण गर्ने वचन प्राप्त भए पश्चात हामी फर्कियौ तर पनि उनीहरु कोही पनि अवलोकन गर्न आएनन् । करिब ५५ सालतिर माओवादीको विगविगी बढिरहेको अवस्थामा त्यसबेलाको सीमाविज्ञ मधुकर मास्केलाई यसक्षेत्रको सीमा निरीक्षण र नाकशांकन गर्न पठाएको रहेछ । उक्त टोली भारतको पलियामै बसेर हाल प्यारातालको छेडनेरैबाट नंक्साङ्कन पास गराए छ । २०६२ साल अगाडि प्यारातालको पूर्वपट्टि करिब १० क्विन्टल बराबरको रड लगाएर रातारात पिल्लर खडा गरेको भयंकर भारतको रणनीतिले हामी अझ ब्याकूल हुन पुग्यौं । जसका लागि १० औं हजारको जनसागर खडा भयो र २०६२ सालको उत्तराद्र्धमा उक्त पिल्लर भत्काउन सफल भयौं । जसका लागि भारतको पलिया र लखनऊको एस.एस.बी. डी.एम.हरुले हामीलाई अपहरण गरी मार्ने योजना समेत बनाएका रहेछन् । सी.डी.ओ. मार्फत यो खवर हामीलाई प्राप्त भयो । जसमा हामीलाई त्यहाँबाट भाग्नु भनेर निर्देशन गारिएको रहेछ । तर हामी भागेनौं । ‘डरपोक सयौपटक मर्छ , बहादुर त एकपटक ।’ आखिर मर्नु नै छ भने छातिमा गोली खाएर मरौला । हामी डराएनौ । त्यसपछि पनि भारतीय पक्षले कैलालीको हसुलियाबाट हाम्रै नेपाली दाजुभाइ लगाएर करिब १ किलो मिटर भित्रै पुनः नाला खन्न सुरु ग¥यो । सायांै बन्दुकको नालका अगाडि तेर्सिएर बस्यों । त्यसपिछि एस.एस.बी. टोलीले त्यो क्षेत्रका काम बन्द ग¥यो । त्यसपछि पुनः श्रमदान गदै ती सबै नालाहरु पुर्न सफल भयांै । विडम्वना के छ भने त्यो मधुकर मास्केले नक्सांकन गरेर हाम्रो भूमिलाई भारतमा बेचेछ ।
– कुरा फेरि प्यारातालकै जोडे मैले । ठेक्कापट्टा त भारतीय पक्षले पनि आधा लिएको रहेछ आखिर नेपाली ताल त्यसमा भारतको आधा हिस्सा के हो यसको यथार्थता ? भनिदिनुस न !
यो त विडम्वना हो किनकी हाम्रो नेपाली दाजुभाइहरुले ठेक्काका लागि कञ्चनपुर जिल्ला विकास समितिको कार्यालयले ठेक्काका लागि स्वीकृती लिएर बोलबोलाई पछि मात्र ठेक्का लिइन्छ तर मछुवारा नेपाली मुलुकका हुदैनन् । किनकी नेपालीहरु अलिकति कमाई भएपछि आफ्नो परिश्रमलाई बिर्सिन्छन् । जसले गर्दा भारतीया मछुवाराले त्यो ठाउँ लिएको हुनुपर्छ । अर्का कुरा यो तालको रहस्यको बारेमा भन्छु म । तालमा करिब ४५ प्रजातिका माछा पाइन्छन् करिब ७५ किसिमका विश्वकै दुलर्भ खालका चराचुरुङगीहरु यहाँ पाइन्छन् । कुरा के छ भने द्ुदुवा नेशनल पार्कहरुमा अवस्थित तालहरुमा वर्षा लगेपछि तालमा पानीको वहाव बढे पनि गर्मीको कारण ठूला भ्यागुता समेत मर्ने हुदा र समय अनुकूल वातावरण नभएको अवस्थामा पनि यो हाम्रो प्याराताल जाडोमा यसको पानी तातो र गर्मीमा चिसो हुनुले गर्दा भारतीयहरुको आँखा गडेको हुनुपर्छ । यस तालका लागि २०३७ साल तिरको उदाहरण मसँग ताजै छ । एउटा मुस्लिमले प्याराताल ठेक्का लियो, माछाबाटै फाइदा उठाउँदै गर्दा एक दिन त्यसले १ ट्राली जलकुम्भी ल्याएर यस तालमा फालेछ । अन्तमा ४० सालतिर त्यो जलकुम्भी यत्र–तत्र सर्वत्र फैलियो । उसले त्यो जलकुम्भी फ्याक्नका लागि करिब ७० हजार पुनः खर्च ग¥यो । मैले भने तुम कितने बेवकुफ हो पहले खुद जलकुम्भी पानीमे डाले अव वही निकाल रहे हो । तुम्हे ठेक्का पे घाटा हुआ हुवा ना । यसको जवाफमा उ खित्का छाडेर हाँस्यो र भन्यो । “हमे तो बहुत फाइदा मिला क्यो कि हसके पिछे एस.एस.बी है । उन्हाने हमे ये डालने के लिए बहुत पैसे दिएथे ।” कारण सुन्दा अचानक छागोबाट खसे जस्तो भए म । यो त बहाना रहेछ । प्यारातालको सुन्दरतालाई कुरुप बनाएर त्यतातिर नेपालीको मन नजावोस् भन्ने अग्रिम खाका तयार पारिए अनुरुप त्यस्तै गरिएको रहेछ । धेरै संस्थाहरु आए, गए, फोटो मात्र खिचे भित्तामा झुन्डाए अनि भने सुदूरपश्चिमको सुन्दर प्याराताल ! हे मुर्ख हो । प्याराताल भारतले लग्दैछ केही गर्नुप¥यो म भन्न चाहन्छु । सरकारी तिघ्रेहरुलाई ।


–जीवनको कुन–कुन अवस्थाले आफूलाई सीमा अतिक्रमण विरुद्ध र प्याराताल बचाउका लागि भयानक संघर्ष गरेको पाउनु भएको छ ?
त्यस्ता भयानक संघर्ष त म भन्दिन तर प्याराताल मात्र नभई धेरै जंगे पिल्लरका विषयमा धेरै नेपाली दाजुभाइहरुलाई अवगत गरादै समिति मार्फत महेन्द्रनगर कार्यालयमा पुगेर कयौ पटक सी.डी.ओ.लाई नझक्झकाएको होइन । तर के छ भने धनले निकै धनि भए पनि मनको गरिबले गन्हाएका केही नेपालीहरुको व्यवहारले गर्दा धेरै सीमाना बेचिदैछ । मधुकर मास्केलाई तेरो मासु समेत पुनर्वासीले राख्दैनन, भन्दा “ए ! पुनर्वासमा मासु खाने राक्षसहरु पनि छन्” भनेर प्रश्न ग¥यो । जवाफीमा मैले भने तँ देशद्रोही हो तेरो त एउटा बाल पनि बाँकी राख्दैनन् । साँच्चैकैमा तत्कालिन सी.डी.ओ.मधुकर मास्के जस्ता देशद्रोहीको कारणले नक्सांकन समेत आफ्नै आमाको छातिमा किला ठोकैझै देखेर मर्माहित भइयो । जसको कारण २०६२ सालमा (१९५ त्यो जंगे पिल्लर भत्काइयो । तर मधुकर मास्केले त्यो नक्सा यथावत राख्यो । जसमा उसको उत्तरमा सोझो भाषा थियो । “मन्त्रालयबाट आदेश आयो मैले त्यही किसिमको हस्ताक्षर गारिदिएँ ।” त्यतिबेला करौड पाएको त्यो देशद्रोहीले सायद प्याराताल बेच्यो ।
–प्यारातालका लागि जातिसुकै अथक प्रयास गरे पनि यो भारतीय भूमिमा पर्ने सम्भावना बढेर गएको छ । के यो कुरा साँचो हो ?
मलाई पनि त्यस्तै लाग्छ । किनकी यो उमेर भइसक्दासम्म प्यारातालका लागि हजारौं पटक कुरा उठाउँदा पनि कोही बोल्दैनन् । ‘तै चुप मै चुप’ को अवस्थामा बसेका छन् नेताहरु आखिर देशभक्ति मनमा हँदाहूदै पनि कायर अनि डरपोक बनेर प्यारातालको मुहार टुलुटुलु हेरेर बस्नु परेको छ । तर म अझै पछि हड्दिन । मेरो काल नआञ्जेल म प्याराताल भारतको हुन दिन्न । बरु त्यही प्यारातालको छेउमा मरुला तर भारतको हुन दिन्न । १ दिन २ दिन ३ दिन । चाहे अरु लडुन् या नलडुन्, मातृभमिको मलाई माया छ । म कायर होइन म नेपाल आमाको सहसी सपूत हँु । दावा गर्छु । नमरुन्जेल प्याराताल हाम्रो रहन्छ । अव कोही जाग्दैनन भने ती नेपाली होइन रहेछन् भन्ने बुुझ्नु प¥यो अर्थात जन्म दिने आमा बाबुको सपूत होइनन् भन्नु प¥यो ।
– सुस्ताको हजारांै हेक्टर भारतले पचाइसकेको र अव लिपुलेक हडप्न खोजेको अवस्थामा यो प्याराताल भारतले हडपिसकेको देखिने यथार्थलाई यहाँका जनताले यो पनि पचाउलन जस्तो लाग्दैन ?
खै ! त अव वास्ताविक यही हो । नगरपालिका भइसक्दा पनि आफ्नो भूमिमा एउटा पनि पीच बाटो पनि बनाउन नसक्ने प्रशासन अनि कर्मचारीहरुले यो कुरा पचाउन खोज्नु कुनै नौलो कुरा होइन । आखिर सरकारी जागिरलाई घुसको अड्डा बनाउन पल्केका पशुहरु अनि देशद्रोहीहरुको दरिद्रपनले गर्दा प्याराताल मात्रै होइन यो सीमा छेउका हरेक बस्तीहररु भित्र भारतले पिल्लर गाडदा पनि टुलुटुलु हेर्ने र भारतसँग जोडी खोज्नु हँदैन, मार्दिए भनी चुप लागेर बस्ने डरपोकहरुको कारणले प्याराताल भारतको भूमीमा पदै गरेको यथार्थलाई म नकार्न सक्दिन । वनको बाघले खाओस् नखाओस् मनको बाघले नै डराउन पल्लेका अनि आफ्नै आमाको छातिमा लात हान्न पल्केका अग्रजहरुको कारणले गर्दा धेरै जंगे पिल्लर भारतको एकलौटी भइसकेको छ ।
–परिवर्तन गर्न चाहने सोचहरु किन सीमित व्यक्तिहरुमा मात्र हुन्छन् भन्ने जनमतलाई कसरी आँकलन गर्नु हुन्छ ?
– आर्थिक रुपमा सम्पन्न तर मनका गरिबहरुको भीडले सबै नयाँ उत्पन्न भएका भावी पिढीको मस्तिष्कमा ठगी, लूट, चोरी चकारी, भष्ट्राचार सिकाउदै छ त अनि किन त्यस्ता व्यक्तिहरुको जमात धेरै नहोलान् त ? देशभक्तका कुरा अनि समाजका लागि सोच राख्नेहरुलाई पागल, मगज सडकेको, खुस्केको जस्ता शब्दहरु प्रयोग गरिएको देख्दा नेपालीहरु पुनः जंगली भएछन् भन्न मन लाग्छ । ढोङ्गी बाबाले जस्ता मुखमा रामराम बगलीमा छूरा नौलो भएन अव यो समाजका लागि ।
– के त्यसो भए प्याराताल अव हाम्रो रहेन ?
कसरी भनु म । २०६२ सालको भारतीय पक्षले अतिक्रमण गरेको पिल्लर त भत्काइयो तर त्यो मास्केले हस्ताक्षर गरेको नक्सा भत्काइएन । अव १ दिन त भारतले पुनः पैठेजोरी खेलिहाल्छ । तर म नमरुन्जेल प्याराताल हाम्रो हुन्छ । अरु त म के भनूँ ।
–समाज परिवर्तन भएको देख्न चाहने यहाँको मन र कथित समाज सुधारक बन्ने होडबाजी प्रबृत्तिलाई यहाँले कसरी हेर्नु भएको छ ?
दुःख लाग्छ । आजकल धनसम्पत्ति हुनेवालालाई अगाडि समाजसेवी भनेर चिठ्ठी काटेर कार्यक्रममा बोलाइएको देख्दा वास्ताविक समाजसेवीको परिभाषा यही न हो जस्तो लाग्छ । किनकी सही सोच राख्ने अनुहारको त ढिलो भए पनि विजय त निश्चित छ नै तर यो समाज उल्टो दिशातिर घुमाउन खोजिदैछ । कु–संस्कारको जरा पालेर कमाउन अनि सत्ता समाउन पल्केकाहरु यदि असल चरित्रका मनिसहरु अगाडि बोलायो भने त उनीहरुको चलखेलमा बाधा पुग्न सक्छ अनि त्यस्ता व्यक्तिहरुलाई सकेसम्म कार्यक्रममा संलग्न गरिदैन । किनकी चलखेल गर्न पाइदैन । त्यसले गर्दा गर्ने र नगर्ने बीचको दूरी उस्तै बनाएको देख्दा दुःख लाग्छ । त्यस्तो नगरौं म हार्दिक बिनम्र अनुरोध गर्न चाहन्छु । रह्यो मेरो कुरा म कसरी समाजसेबी हुन सक्छु ? म त नेपाली हूँ । मैले एक सच्चा नेपालीको कर्तब्य मात्र पूरा गर्न मात्र खोजेको हूँ । अरु त म आफूले आफूलाई दीनबन्धू अर्याल बाहेक कसरी चिनाएको छु र ?
– समाजसेवा र राजनीतिलाई कसरी बिश्लेषण गर्नु भएको छ त ?
राजनीतिबाट अघाइ सकें म प्रजातन्त्रको लागि लड्नेक्रममा महासमितिको सदस्य पनि भएँ म । तर यथार्थता सामुन्ने छ । गलत गर्न जानेको भए म पनि सत्तामा नै अडेस लगाएर बसेको हुन्थें । यो फोहरी खेल मलाई मन परेन । अर्थात राजनीति फोहरी हैन कि यसलाई फोहरी बनाउँले प्रयास भएको मलाई चित्त बुझेन । र समाजसेवा त बिशुद्ध समाज सेवा हो कत्ति आनन्द समाज सेवा गर्दा, जुन आनन्द समाजसेवा गर्दा मिल्छ त्यो त सायद स्वर्गमा पनि नमिल्ला । यो समाजसेवा भनेको सुख अनि सत्य हो ।

– जाँदा जाँदै अन्तमा भाबि पिढी र आम जनसमुदायलाई सीमा अतिक्रमणको विषयमा के भन्न चाहनु हुन्छ ?
म¥यो जिउँदै त्यो जस्ले बिस्र्याे देशको माटो । आखिर मरेर लानु के छ ? उही दुई हातको पिताम्बर र बाँसको घारो । यदि मर्नु नै छ भने किन लोभ, कपट, भ्रष्टचार, छल, खासखुस गर्ने ? सानले मर्न सकियोस् । देशमा प्रगति गर्ने बाताबरण परिवारबाट नै शुरु गर्नु पर्छ । जन्मिन त कुकुर पनि जन्मिन्छ तर त्यस्तो मृत्यु के मृत्यु हो र ! मर्दा पनि हजार मलामीको लाम लागोस् । त्यस्तो कार्य गर्नु पर्छ जस्ले सदैब हरेक मनले सम्झेको हुन सकोस् । प्राण भन्दा प्यारो मातृभूमिमा कसैको गिद्धे नजर पर्छ भने डटेर मुकाबला गर्न सकिएको पिढी पैदा हुन् । हरेक बुवा आमाले कर्तब्य बोधको पाठ आफ्ना छोरा छोरीमा सिकाएका हुन् । सबै नेपाली, हामी नेपाली, हामी बीर गोर्खालीको गुञ्जायमानले गिद्धे नजरहरु गायब हुन् । प्याराताल जस्ता अतिक्रमण भएका मुद्धामा सबैको ध्यान जावोस् म भन्न चाहन्छु ।

थप सम्बन्धित समाचार
Follow
Us