आलोचकहरुले आलोना गर्दा समालोचक भइ आलोचना गरुन् !

-Hello Punarwas

शनिवार, २१ फाल्गुण 10:10 AM

बुवा स्वर्गीय केशबप्रसाद कँडेल तथा माता हरिकला कँडेलको जेष्ठ सुपुत्रको रुपमा आज भन्दा पैतालिस बर्ष अगाडि भारतको चेन्नई (मद्रास) मा जन्मनु भएका श्री रामनारायण कँडेल कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा शिक्षा क्षेत्रको विकासको लागि तत्पर जुझारु व्यक्तित्व हुनुहुन्छ । शिक्षण क्षेत्रमै आफ्नो सम्पूर्ण जीवन न्यौछावर गर्नु भएका श्री कँडेल जनकल्याण उच्च माध्यमिक विद्यालयका प्राचार्य तथा नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल बुद्धिजीवी परिषद लगायतका संगठनमा रही नेतृत्वकारी भूमिका खेल्नुका साथै समाज सेवाको क्षेत्रमा पनि सकृय हुनुहुन्छ । त्रिभुवन विश्व विद्यालयबाट एम.ए.,बी.एड. सम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभएका श्री कँडेलले आफ्नो पहलकदमीमा पुनर्वास क्षेत्रमा शिक्षा विकासका लागि नमूना कालिका बहुमुखी क्याम्पस समेत सञ्चालन गर्नुभएको छ । शिक्षा क्षेत्रमा उहाँले पु¥याउनु भएको योगदानलाई कदर गर्दै नेपाल सरकारद्वारा शिक्षा सेवा पदक तथा प्रमाणपत्र समेत पाइसक्नु भएको छ । प्रस्तुत छ, श्री कँडेलसँग हेल्लो पुनर्वासका ब्यबस्थापक हरिलाल जोशीले गर्नु भएको कुराकानीको प्रमुख अंशः

– शिक्षा क्षेत्रमा कहिलेदेखि सकृय हुनुहुन्छ ?
ड्ड म श्री शान्ति प्रा.वि. अंशुबर्माबस्तीमा २०४५÷१०÷१७ देखि निजी श्रोत कोषबाट त.भ. खान पाउने गरी अध्यापन पेशामा प्रवेश गरी हालसम्म अनवरतरुपमा शिक्षा क्षेत्रमै लागि परेको छु ।
–पुनर्वास क्षेत्रको शिक्षा विकासको लागि हालसम्म तपाईंले के–के गर्नु भयो र आगामी योजनाहरु के–के छन् ?
ड्ड मैले पुनर्वास क्षेत्रमा शिक्षा विकासका लागि थुप्रै प्रयत्नहरु गरें, म वि.सं. २०४६÷०७÷२६ गते श्री मालिका प्रा.वि. हाल नि.मा.वि., महेन्द्रबस्तीमा प्र.अ. पदमा नियुक्त हुँदाको बखत रु. १४६ मात्र वरवुझारथ्मा प्राप्त गरी छाप्रोबाट सुरु भएको विद्यालयलाई केही पूर्वाधार निर्माण गर्न तत्कालीन नेपाल पुनर्वास कम्पनी लि. सँग सम्झौता गरी २१ विगाह जमिन ठेक्कामा दिई केही आर्थिक अवस्था मजबुत बनाएँ । तुरुन्तै मेरो सरुवा शान्ति मा.वि. अंशुवर्मा बस्तीमा भयो । तत्कालीन अवस्थामा श्री शान्ति मा.वि. अँशुवर्माबस्ती प्रा.वि. तहसम्म मात्र सञ्चालन भएकोमा नि.मा.वि. सञ्चालन गर्ने प्रकृया पूरा गरी नि.मा.वि. सञ्चालनमा ल्याउने कार्य भयो । त्यसै बीचमा विद्यालयमा अनपेक्षित ढंगबाट द्वन्द्व हुनगयो, जसको कारण म बाध्या भई तत्काल श्री जनकल्याण मा.वि. आई.बी.आर.डी.मा काजमा आउनु प¥यो । काजमा रहेकै अवस्थामा विद्यालयको तह वृद्धि गरी उ.मा.शि.परिषद्द्वारा शिक्षा, मानविकी र वाणिज्य संकायको सम्बन्धन प्राप्त गरी २०६५ देखि निरन्तर रुपमा उ.मा.वि.का कक्षाहरु सञ्चालनमा रहेको छ भने यहाँबाट उत्पादित विद्यार्थीहरु जुन आर्थिक रुपले कमजोर भई उच्च शिक्षाको लागि बाहिरा जान नसक्ने अवस्थालाई मध्यनजर गर्दैै स्नातक तहसम्मको अध्ययन् अध्यापन गराउने एउटा क्याम्पसको टड्कारो आवश्यकता महशुस गरी नमूना कालिका शिक्षा क्याम्पसको रुपमा त्रि.वि.द्वारा वि.सं. २०६९ मा ३ वर्षे बी.एड.को धेरै चुनौतीहरुको सामनाका बावजुद सम्बन्धन प्राप्त गरियो । त्यसपछि लगतै २०७० मा मानविकी संकाय र २०७१ सालमा वाणिज्य संकायको सम्बधन प्राप्त गरी नमूना कालिका बुमुखी क्याम्पसको रुपमा स्थापित गराउन यहाँका सचेत शिक्षाप्रेमी, समाजसेवी, शिक्षक मित्रहरुको अथक प्रयास र निरन्तर सहयोगका कारण सफल भएको कुरा यहाँको लोकप्रिय पत्रिका मार्फत जानकारी गराउन पाउँदा गौरवान्तित ठान्दछु ।
– तपाईंले अध्यापन गर्दे आउनु भएको श्री जनकल्याण उ.मा.वि.लाई दक्षिणी क्षेत्रकै उदाहरणीय बनाउने तपाईको योजना कहाँसम्म पुगेको छ ?
ड्ड धेरै गम्भिर किसिमका प्रश्न उठाउनु भयो, निश्चित रुपमा आफै कार्यरत रहेको स्थान अत्यन्तै सकारात्मक परिणाम दिन र उदाहरणीय बनोस् भन्ने कुरामा दुई मत रहँदैन । त्यसका लागि काम गर्ने अनुकूल वातावरणको आवश्यकता अभिभावकहरुको सकृय सहभगिता र सहयोग, विद्यार्थीहरुको लगनशिलता र शिक्षकहरुको मेहनत भएमा दक्षिणी क्षेत्रकै नभएर जिल्लाकै उदाहरणीय बनाउन सकिन्छ भन्ने कुरामा म विश्वस्त छु । उदाहरणको लागि २÷३ वर्ष अघि उल्लेखित कुराहरुको तालमेल मिलेकै कारण वि.स.२०६५ देखि २०६८ सालसम्मको एस.एल.सी. परीक्षाको नतिजा सामुदायिक विद्यालयहरुमा उत्कृष्ट द्रोस्रो नम्बरमा जिल्ला भरीमा पर्न सफल भएको यहाँहरुलाई अवगत नै छ । जनकल्याण उ.मा.वि.को २०६५ भन्दा अघिको अािर्थक, भौतिक, शैक्षिक अवस्था भन्दा हालको अवस्थाहरुमा धेरै सुधारहरु भएको तपाई आफै अनुभूती गर्न सक्नु हुन्छ । बिडम्बना भनौं नियति जुन कुराले सधै अवरोध सृजना गरी प्रगतिको बाधक स्तम्भका रुपमा बारम्बार विद्यालयमा कपोलकल्पित मुद्दाहरु उठान गरी प्रगति र उन्नतिका लागि चालिएका कदमहरुमा चुनौतीहरुका पहाडहरु तेस्याईन्छन्, काम गर्ने मनस्थिति छिन्न–भिन्न हुुन्छ । तथापि म त्यस्ता कपोलकल्पित मुद्दाहरुबाट बिचलित हुँदिन । यहाँका सचेत आम बजार बासी, शिक्षापे्रमी, अभिभावक, व्यापारी, शिक्षक कर्मचारीहरुले सत्यको पक्षमा उभी यस विद्यालयलाई जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा उभ्याउन हरेक कोणबाट सहयोग पु¥याउन सहयोग गर्नुहुनेछ भन्ने कुरामा म पूर्ण तह विश्वस्त छु । साथै तपाईको यस लोकप्रिय पत्रिका मार्फत सरोकारबाला सम्पूर्णमा सहयोगको अपेक्षा गरेको व्यहोरा निवेदन गर्न चाहन्छु । यहाँको दोस्रो प्रश्न योजनाको विषयमा सोध्नु भएको छ यस विद्यालयलाई उत्कृष्ट र नमूनाकै रुपमा उभ्याउनका लागि विद्यालय र समुदाय बीचको सुमधुर सम्बन्ध, स्थापित गर्ने, विद्यामान आस्था र व्यक्तिगत इंगोको कारण विद्यालयलाई असहयोग गर्ने परिपाटीको अन्त्य, शिक्षक शिक्षक बीचको सम्बन्ध, शिक्षक, अभिभावक र विद्यार्थी बीचको सम्बन्ध प्रगाढ बनाउने र सहयोगी सरकारी÷गैरसरकारी संघ–संस्था बीच सौहार्दता कायम गरी सहयोगको अपील गर्ने योजनामा छु । यसले सार्थक रुप ग्रहण गर्नको लागि सम्बद्ध सरोकारबाला सम्पूर्ण पक्षलाई गम्भिर भई सोच्न र सकारात्मक सहयोग गर्न अपील गर्दछु ।

– एउटा विद्यार्थीको राम्रो भविष्य निर्माण गर्न तपाईको विचारमा को बढी जिम्मेबार हुन सक्छ ?
ड्ड एउटा विद्यार्थीको भविष्य निर्माण गर्न प्रमुख रुपमा अभिभावक जिम्मेवार हुन्छ । किनकी बालकको पहिलो पाठशाला नै घर परिवार हो । घरपरिवार र उसको वरिपरीको वातावरणले नै बालकको व्यक्तित्व निर्माण हुन्छ । विद्यालयमा बालकको व्यक्तित्वलाई सकारात्मक किसिमले अगाडि बढाउन एउटा पूलको रुपमा कार्य गर्दछ । बालक १८ घण्टा हरेक दिन घरपरिपार र समुदायमा विताउने भएकोले आफ्नो बालकलाई कस्तो बनाउने ? बालकका के–कस्ता कृयाकलापहरु छन् ? निगरानी गर्ने र असल सामाजिकीकरणको प्रकृयामा लैजाने महत्वपूर्ण जिम्मेवारी आभिभावकको हो भने दोश्रो जिम्मेवार निकाय विद्यालय र शिक्षक हो । अभिभावक, शिक्षक र विद्यार्थीबीच सुमधुर सम्बन्ध स्थापित र निरन्तर अन्तर्कृया भएमा कुनै पनि बालकको भाविष्य उज्ज्वल बनाउन सकिन्छ ।
–तपाई जिल्लाकै शिक्षक नेता पनि हुनुहून्छ । शिक्षक र शिक्षा क्षेत्रमा के–कस्ता समस्याहरु छन् ?
ड्ड म झण्डै २ वर्षदेखि ने.रा.शि. संगठन कञ्चनपुरको उपाध्यक्ष भई काम गर्ने मौका प्राप्त गरेको छु । यस बीचमा शिक्षा क्षेत्र र शिक्षकहरुका समस्याहरुसँग नजिकबाट परिचित हुने अवसर पनि मिल्यो । यिनै कुराहरुको विश्लेषणबाट शिक्षा क्षेत्रमा भएको विकृतीको कुरा गर्नु पर्दा अन्धाधुन्धारुपमा निजी विद्यालयहरुलाई अनुमति प्रदान गर्ने देखि लिएर साना तिना समस्यमा परेका शिक्षकहरुको समस्या वर्षौ दिनसम्म निराकरण नभएका सरुवा, बढुवामा भेदभाव शिक्षकहरुलाई आस्थाको कारणले गर्दा गरिने भेदभाव कतिपय विद्यालयहरुमा वि.व्य.स.को अकर्मण्यता, वि.व्य.स.को गठनका बखत हुने अपवित्र चलखेल, सेवा सुविधाका विषयमा भएका भेदभावपूर्ण नीति आदि जस्ता शिक्षा क्षेत्रका समस्याका रुपमा बुझेको छु ।
–पुनर्वासमा उच्च शिक्षा विकासको लागि तपाईंले आफ्नो पहलमा नमूना कालिका बहुमुखी क्याम्पस खोल्नु भएको छ, सर्वसाधरणबाट कस्तो प्रतिकृया पाइरहनु भएको छ ?
ड्ड वास्तवमा पुनर्वासको समग्र विकासको लागि पूर्वाधार र पहिलो सर्त शिक्षा नै हो । शिक्षित जनशक्ति नै वास्तविक रुपमा समाज विकासको मेरुदण्ड हो भन्ने मलाई लाग्दछ । अतः यहि कुराको सेरोफेरोमा रही विकासको दृष्टिले पछौटेपन र सदरमुकामले यस क्षेत्रलाई हेर्ने कपटयुक्त नजरियाको चिरफारका लागि गरिब, निमुखा र उच्च शिक्षाका लागि घरछाडी बाहिर जान नसक्ने विद्यार्थीहरुको भविष्य उज्ज्वल वनाउन यहाँका शिक्षक साथीहरु, शिक्षाप्रेमी र जागरुक एबं सचेत अभिभावकहरुको संयुक्त प्रयासवाट मलाई नेतृत्वका लागि जुन जिम्मेवारी प्रदान गर्नु भयो त्यसलाई पूरा गराउने र आशातीत जिम्मेवारीलाई पूर्णता दिन धेरै चुनौतीसँग सामना गर्नु प¥यो , आंशिक रुपमा भए पनि मैले तीन वटै संकायको नियमित रुपमा सम्बन्धन ल्याउन सफल भईयो भने स्थानीयहरु र शुभचिन्तकहरुबाट क्याम्पसको लागि जमिनको व्यवस्था र वर्तमानको क्याम्पस स्थानान्तरणका पक्षमा प्रतिकृया आएका छन् । जुन सान्दर्भिक मुद्धा पनि छन् । यी मुद्धालाई १ वर्ष भित्र सार्थक रुप दिने प्रण समेत गर्दछु ।

–वर्तमान एस.एल.सी. र प्लस टुको परीक्षा प्रणाली त्यति सन्तोषजनक छैन भनिन्छ, यसमा सुधारका लागि के गर्नु पर्ला ?
ड्ड वर्तमान एस.एल.सी। परीक्षा र +२को परीक्षा प्रणाली त्यती सन्तोषजनक छैन किनकी विद्यार्थीहरुमा अध्ययन् गर्ने परिपाटी शून्य नै छ भने अर्का तर्फ + २ का लागि विद्यार्थीको ताना–तान र एस.एल.सी.को रिजल्टले विद्यालयको मूल्याङ्कन र शिक्षकको मूल्याङ्कन पनि यही आधारमा हुने भएकोले एस.एल.सी. को परीक्षा प्रणाली भनिए जस्तै सनतोषजनक नभएको त हैन तर निरन्तर सुधार उन्मूख बन्दै गएको कुरा यहाँलाई विश्वस्त गराउन चाहन्छु ।
–शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बढिरहेको छ भन्छन् तपाईंको विचारमा के लाग्छ ?
शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बढिरहेको छ । राजनीति बढनु नराम्रो होइन तर राजनीतिलाई नबुझी खाली नकारात्मक ढंगबाट र आस्थाको आधारमा भेदभाव छुट्टै नजरिया राख्ने प्रवृति खाले राजनीति गलत हो । सवै विद्यालयहरु राजनैतिक हस्तक्षेपबाट ग्रसित छन् । शिक्षा क्षेत्रमा हुने राजनीतिले विद्यालयको चौतर्फी विकास र विद्यार्थीको भविष्य तथा शिक्षकको काम गर्ने मनस्थिति सकारात्मक बन्दैन त्यसैले शिक्षा क्षेत्रमा नकारात्मक राजनैतिक वातावरण हुनु समुदाय र विद्यालय दुवैको लागि दुर्भाग्यपूर्ण हुन्छ ।
– थुप्रै क्षेत्रमा संलग्नता रहेकाले तपाईले आफ्नो विद्यालयलाई समय दिन सक्नु भएन भनेर तपाईको आलोचकहरुले आलोचना गरिरहेको अवस्थालाई कसरी हेर्नु भएको छ ?
ड्ड अलोचकहरुले अलोचना गर्न कुनै किसिमको विषय बस्तुको आवश्यकता पनि हुन्न र अलोचकहरुले अलोचना गर्नु धर्म पनि हो जहाँसम्म धेरै ठाउँमा संलग्नता रहनाले विद्यालयलाई समय प्रचार्यले दिन्न भन्नु गलत अलोचना हो । म धेरै ठाउँमा संलग्न छैन केवल शिक्षण सेवा बाहेक शिक्षकहरुको हक हितको लागि बहुदलीय व्यवस्था आउनु पूर्वा निरकुश राजतन्त्रको पञ्चयतिकालमा स्थापना भएको नेपाल राष्ट्रिय शिक्षक संगठनप्रति आवद्धता र नेतृत्व पंक्तिमा तथा बुद्धिजिवीको हैसियतले बुद्धिजीवी परिषदमा आवद्ध छु । मैले विद्यालयलाई आवश्यकता भन्दा पनि बढी नै समय दिएको छु । विद्यालयको मेरो कर्म क्षेत्र हो विद्यालयको भविष्यसँग मेरो प्रतिष्ठा गाँसिएको कारण पनि म सचेत छु । आलोचकहरुले आलोचना गरुन् जून आलोचनाले मलाई अझ बढी कर्तव्यनिष्ठ, शसक्त र निखारपन ल्याउन मदत पु¥याउदछ भन्ने ठम्याई मेरो छ । तर आलोचकहरुले आलोना गर्दा समालोचक भइ आलोचना गरुन् त्यो सकारात्मक नै हुन्छ ।
– अन्त्यमा केही भन्नु छ ?
अन्त्यमा तपाईको यस लोकप्रिय पत्रिका मार्फत मेरा भनाईहरु राख्ने अवसर प्रदान गर्नु भएको म हेल्लो पुनर्वास पत्रिका परिवार लाई धन्यवाद दिन चाहन्छु । साथै यस पत्रिकाको निरन्तर प्रकाशन र सफलताको कामना गर्न चाहन्छु । यसका साथ–साथै विद्यालय सञ्चालनमा सहयोग पु¥याउनु हुने आम अभिभावक, वि.व्य.स, सहकर्मी शिक्षक मित्रहरु सहयोग गर्ने दातृनिकयाहरु सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु । विद्यालयमा स्वच्छ, सकारात्मक आलोचना र विद्यालयको प्रगतिको लागि राजनैतिक आस्था, व्यक्तिगत स्वार्थ र कुष्टा भन्दा माथि उठेर चोक, चौराहमा विद्यालयको वातावरण र वास्तविकता नवुझि प्रतिकृया दिनु भन्दा विद्यालयमा आई वातावरण बुझेर सकारात्मक र विद्यालयको सर्वाङ्गिण प्रगति हुनेखालका नयाँ कार्यक्रम र योजना ल्याउन सम्बद्ध सरोकारवाला सम्पूर्णमा हार्दिक अपील गर्दछु ।

थप सम्बन्धित समाचार
Follow
Us