‘मेरो आधारशिला पुनर्वास जनता उ.मा.वि.लाई सम्झिरहेको छु ।’–ढकाल

-Hello Punarwas

शुक्रवार, २० फाल्गुण 5:42 PM

कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–८ स्थित बुवा नारायणदत्त ढकाल र आमा नन्दीमाया ढकालको कान्छा सुपुत्रका रुपमा २०२८ बैशख २६ गते जन्मनु भएका ताराप्रसाद ढकाल, जो हाल अमेरिकाको विङ्गहयाम्टन अटोनोम्स सोलर पावर सेन्टरमा रिसर्च साइन्टिस्ट रुपमा कार्यरत् हुनुहुन्छ । अर्गानिक बस्तुहरुको मिश्रणबाट सोलर ब्याट्री निर्माणका लागि अथक प्रयास गरिरहनु भएको श्री ढकाल कुनै समय पुनर्वास जनता उच्च मा.वि.मा मेधावी छात्रको रुपमा परिचित हुनुहुन्थ्यो । काठमाण्डौ गएर उच्चशिक्षा हासिल गर्ने क्रममा बिज्ञान संकायबाट नेपाल टप गर्न सफल भई वहाँलाई वहाँलाई तत्कालीन स्व. राजा श्री ५ बिरेन्द्रबाट गोल्ड मेडल द्वारा बिभुषित गरिएको थियो । बिस्तृत अध्ययन्का लागि तत्कालीन सरकारले वहाँलाई जापान पठाएको थियो । त्यहाँ पनि वहाँले टप गरे पश्चात वहाँलाई अमेरिका जाने अवसर प्राप्त भयो । पुनर्वासकै रोल मोडलको रुपमा रहनु भएका युवा रिसर्ज साईन्टिस्ट डा. ढकालसँग हाम्रा हेल्लो पुनर्वासका सम्वाददाता कुलप्रसाद धितालसँंग गरिएको कुराकानीको संक्षिप्त तथा सम्पादित अंशः

–हेल्लो पुनर्वास साप्ताहिक परिवारको तर्फबाट स्वागत अनि न्यानो अभिवादन स्वीकार्नुस् । के गर्दै हुनुहुन्छ आज भोलि ?
नमस्कार म तारा ढकाल, सर्वप्रथम हेल्लो पुनर्वास साप्ताहिक परिवारलाई मेरो हार्दिक शुभकामना ! अब त मेरो मातृभूमि पनि प्रगतिको बाटोमा लम्किन लागिसकेछ । नगरपालिका पनि भईसकेको सुन्न पाउदा गर्ब लाग्छ । हाल म सोलार बैट्रीको नयाँ टेक्नोलोजीतर्फ निरन्तर लागिरहेको छु । कुहिने बस्तुको मिश्रणलाई अलग्याएर त्यसबाट सौर्य उर्जा निकाल्न सक्ने ब्याट्री जो अत्यन्त कम मूल्यको हनेछ । त्यसका लागि हाम्रो रिसर्च युनिट निरन्तर जुटिरहेको छ । करिब ४ भागमा ३ भाग सफलतातर्पm पुगि सकिएको छ । साथमा फिजिक्सका विद्यार्थीहरुलाई क्लास पनि दिइरहेको छु ।
–पुनर्वासमै जन्मे हुर्केर यही माटोमा गरेको लामो मेहनत पश्चात अमेरिकाको विङ्गहयान्टन अटोनोमस सोलारपावर सेन्टरमा पुगिसक्दा पनि पुनर्वासले हजुरलाई नसम्झिएको जस्तो लाग्दैन ?
मेरो मातृभूमि त्यसमा पनि म जन्मेको ठाउँले मलाई कसरी विर्सन सक्ला र ? तर अहिलेको मेरो विदेश बसाईले मैले आफ्नै स्वदेश त्यसमा पनि आप्mनो जन्मभूमिलाई विर्सेको जस्तो भान त्यहाँका सम्पूर्ण पुनर्वासीहरुलाई लागेको होला त्यसमा म क्षमा चाहन्छु । तर बाध्यता र बिवशताको डोको बोकेर अगाडि बढ्न चाहने म जस्ता कैयन् नेपाली दाजु–भाइ, दिदी–बहिनीहरु उच्च शिक्षाका लागि विदेश नै धाउनु पर्ने बाध्यात्मक स्थिति छ । देशलाई म के दिन सक्छु भन्ने तर्पm म निरन्तर लागिरहेको छु ।
–रिसर्च साइन्टिस्ट हुनुभएको छ । के विषयमा बढी प्रयास गर्दै हुनुहुन्छ ?
मैले फिजिक्सबाट साइन्स अध्ययन्लाई बढी जोड दिएँ । एल.सी.डी. र एल.ई.डी. जस्ता नयाँ टेक्नोलोजीमा हामी निरन्तर लागिरहेका छौं । हाम्रो रिसर्च युनिटले फोल्ड गरेर खल्तीमा पनि हालेर जहाँकही लान मिल्ने अनि मन लागेको वेला फेरि खोलेर जोडेर हेर्न मिल्ने खाल्को एल.सी.डी. र एल.ई.डी. निर्माण गर्नका लागि प्रयास गरिरहेका छौँ । विडम्बनाको कुरा यस्ता रिसर्चको सफलतालाई विदेशीले आप्mनो सफलता भनिरहेको हुन्छ । तैपनि प्रयास छोडेको छैन । हाल सौर्य उर्जाबाट चल्ने ब्याट्री जो न्यून भन्दा पनि न्यून मूल्यमा उत्पादन गर्न सकियोस् जुन कुहिने बस्तुहरुवाट पनि बनाउन सकिने अर्थात जैविक वस्तुहरुवाट बनाइयो भने भविष्यका पिढीले इन्धनको समस्या सजिलै छल्ने छन् भनि प्रयासमा हाम्रो युनिट लागिरहेको छ ।
– आजकल अभिभावकहरुले आप्mना बालबालिकारुलाई पुनर्वासमा तपाईको उदाहरण दिएर पढ्न प्रोत्साहन दिदाँ तपाईंलाई कस्तो अनुभब हुन्छ ?
मैले गरेको अथक प्रयासको श्रेय मेरा श्रद्धेय आमाहरु नन्दीमाया र देउरुपा ढकाललाई पाउमा समर्पित गर्छु । को बुवाआमा त्यस्ता होलान् जसले आप्mना छोराछोरीको भविष्य अध्याँरो भएको देख्न चाहने ? मलाई दिएको पे्ररणा अनुसार जुन मेहनत मैले गरें, त्यो यदि भावि पिढीले अनुसरण गरे म भाग्यमानी रहेछु भनेर गर्व गर्न चाहन्छु । धन्य होस् ! हरेक बुवाआमाहरु जसले आप्mनो छोराछोरीको सफल भविष्यको कामना गरिरहनु भएको छ । म मात्र के उदाहरण हुन सक्छु र ? हजारौँ दाजु–भाइ तथा दिदी–बहीनीहरु हुनुहुन्छ वहाँहरु पनि देशलाई केही गर्न सकिन्छ कि भनेर निरन्तर वैज्ञानिक दुनियाँमा अनुसन्धान गरिरहनु भएको छ । आप्mना हरेक सन्ततीको भलो चाहने त्यो माटो म भुल्दिन । मलाई मेरो मातृभूमिले सदा सम्झिरहेको पाउँछु म ।
– धेरै नेपालीहरु जतिसुकै ठुला व्यक्ति नै किन नबनुन् तर आपूmलाई विदेशमै लुकाउन चाहनेहरुदेखि कस्तो भावना जागृत हुन्छ तपाईलाई ?
वैज्ञानिक युगको चरणमा प्रवेश गरिसकेका राष्ट्रहरुको आलिशान र भव्य महलमा आफुलाई लुकाएर आप्mनो स्वदेशी माटोको माया चटक्कै विर्सिनेहरु मैले देखेको छु । भौतिक विलासितामा चरम उत्कर्ष अनुरुप स्वर्ग पुगेको आफुलाई अनुभव गर्ने धेरै नेपालीहरु मैले देखेको र भेटेको छु । तर नैराश्यता र देशको राजनितिक अकर्मण्यता अनि चरमसीमामा पुगेको भ्रष्ट र फोहोरी राजनीतिले नै कतिपय नेपालीहरु मन मारेर आफुलाई फालेको मैले देखेको छु । पीडा हुन्छ । मुटुमा गाँठो पर्छ । भावनामा वहकिन थाल्छु । आखिर मेरो देश प्राणभन्दा प्यारो छ र पनि किन दुरदराजमा नेपालीहरु घोत्लीरहेका ? मतिभ्रष्ट भएका नेताहरुको व्यवहारले मन निचोरिरहदा आप्mना यी हातहरु के का लागि भनेर प्रश्न गर्छु आफैमा ? देशको खाक्रोे आडम्बरको राजनितिल्े गर्दा नै विदेशिन बाध्य भएको भन्न मन लाग्छ । तर “म¥यो ज्युदैँ त्यो, जसले विस्र्यौ देशको माटो” म भन्छु । उनीहरुको मष्तिष्कमा नेपालीपन र नेपाली मन नभएर हो पनि भन्न मन लाग्छ ।
– सोलार चिप्समा व्यापक अन्वेषण गरिरहनु भएको छ । सफलता प्राप्ति हुनासाथ नेपालमै अत्याधिक सस्तो र सुलभरुपमा नेपालीहरुको घरघरमा सौर्य उर्जा प¥याउने लक्ष्य पुरा गर्न सक्नुहोला त ?
मेरो देश र राष्ट्रको लागि भनेर नै म यसका लागि रातदिन लागिपरेको छु । विशेषतः आप्mनो देशमा यस किसिमको रिसर्चका लागि ०% को पनि सुविधा नहुनाले पनि विरानो मुलुकमा आफुलाई खियाइरहेको छु । यस किसिमको अनुसन्धान सायद ५० औ वर्षसम्म पनि मेरो आप्mनो देशमा नहोला त्यसैले त म पीडित छु । मेरो रिसर्चलाई विदेशीले आप्mनो हो भनेर प्रयोग गरिरहेको छ । र पनि करिब १ भाग बाँकी छ त्यो सकिना साथ नेपाल सरकारसँग यसको सम्झौता गरेर आप्mनै देशमा सौर्यउर्जा बाट अत्यधिक उर्जा निस्कने ब्याट्री जोडेर घर घरमा इन्धन पु¥याउने मेरो सपनालाई नेपाल सरकारले बेवास्ता नगरोस् भन्ने चाहन्छु ।
–पुनर्वास जनता उच्च मा. बि. बाटै प्रथम श्रेणीमा एस.एल.सी पास भए लगतै छोटो समयमै स्वर्गीय राजा विरेन्द्रबाट सुनको तक्मा सहित जापान पुग्नुभयो रे नि ! छोटकरीमा भन्दिनुसन ।
एस.एल.सी पश्चात मेरो घरबाट बुवाले मेरो पढाईलाई मध्यनजर गर्दै काठमाण्डौँ पढाउनु भयो । दादा होमनाथ ढकालको आर्थिक सहयोगका साथ मैले पढ्ने भरपुर मौका प्राप्त गरे । त्रिभुवन विश्वविद्यालयमा क्रमिक अध्ययन पश्चात बि.एस.सी.को नतिजामा नेपालभरीमै उत्कृष्ट १० मध्ये मेरो नाम पहिलो थियो । जसअनुरुप तत्कालिन राजा बिरेन्द्र विर विक्रम शाहदेव बाट सुनको तक्मा सहित विभुषित हुने मौका प्राप्त गरे त्यसपछि मलाई उच्च शिक्षाका लागि जापान पठाइयो । जे का लागि म पठाइएँ आज मैले केहि गरिरहेको छु जुन भोलि देशले महशुस गर्नेछ । मलाई आधार खडा गरिदिने विद्यालय पुनर्वास जनता उच्च मा.वि.लाई मैले सम्झिरहेको छु ।
– पुनर्वासले तपाईजस्तो सुपुत्र जन्माउदै गर्दा आफुु र आप्mनो जन्मथलो लाई कस्तो भएको होस् भन्ने चाहनुहुन्छ ?
मैले चाहेर पनि हालसम्म केहि गर्न नसकिरहेकोले म स्वयम् दुःखि छु र पनि मेरो पुनर्वासले म प्रति देखाउने श्रद्धामा म सधै यसको ऋणी छु । मैले धेरै खबरहरु पत्रपत्रिकाबाट पाइरहेको छु । अहिलेका युवाहरुमा देखिएको कुविचार, पढाइप्रतिको उदासिनताले गर्दा मलाई दुःखि बनाइरहेको छ । धेरै भन्दा धेरै युवा पिढीहरुलाई रक्सी जुवातास जस्तो, ड्रग एडिक्ट जस्तो शैतानी दुनियाबाट माथि उठेर पढ्नकै लागि प्रेरित गर्न चाहन्छु । युवाहरु नै कुलतमा फँसे पछि गाऊँ समाज सबै बर्वाद हुने कुरा थाहा हुदाँ हुदै पनि आप्mना सन्तानहरुको बानी व्यहोरालाई मध्यनजर नगर्ने सम्पूर्ण अभिभावक ज्यूहरुमा नम्र निवेदन गर्न चाहन्छु कि उदाहरण बन्न दिनोस् आप्mनो सन्तति लाई कुहिएको एक आलुले बोराको सबै आलु सडाएको जस्तो समाजलाई नबनाउनोस् । पढाइका लागि प्रेरित गर्नोस । पढेर हात्ती ठुलो भएको हो र? भन्ने जस्ता गलत आख्यान प्रयोग नगर्नोस। नेपालको पढाई के पढाई नभन्नुस् । आखिर पढ्नेहरु पनि त्यहिबाट त आएका हुन् । आउनोस् सबै मिले समृद्ध पुनर्वास हुनेछ म भन्न चाहन्छु ।
– हालका युवा पिढिको गलत बाटोको रोजाई प्रति के भन्न चाहनुहुन्छ ?
युवाहरुमा देखिएको नैराश्यता नै राजनीतिको फोहोरीपन हो । मैले भनेर मात्र के हुन्छ र ? सबै त्यस्तै भन्ने पाठ राजनितिले सिकाएको छ । एउटा असल चरित्र भएको व्यक्ति आज सोझोको दर्जा पाउँछ । ढाँट, छल गर्न नजान्ने इमान्दार युवा लाई राजनीतिक पराकाष्ठाले गर्दा लाटो र सोझोको संज्ञा दिन्छ । सय जनताको भेडो जमातले एउटा ठूलो हात्तीलाई यो मुसा हो भनेर जवरजस्ती भन्नु सिकाउँछ । विचरा त्यो सत्यबान व्यक्ति सयौँ अनि हजारौँ भेडोको विचमा आफुलाई पनि म भेडो भनि प्रमाणित गर्छ । त्यसकारण हरेक युवालाई म आग्रह गर्न चाहन्छु कि बरु ढिला होस् या त काम नै नबनोस् अथवा वास्ता नगरियोस् तर झुट नबोल । ज्यान जाओस् तर झुट नबोल । तब मात्र समाज अनि राष्ट्र असल होला। नत्र त युुवा नै देशका मेरुदण्ड हुन् । तिनीहरुले नै ढाँड बाङ्गो ग¥यो भने देश के होला ?
– तपाईको रिसर्च सफल होस भनि सफलताको आशामा कुरिरहेका हजारौँ शुभचिन्तक पुनर्वासी दाजुभाई तथा दिदिबहिनीहरुलाई आप्mनो तर्पmबाट जाँदाजादै के भन्न चाहनुहुन्छ ?
मलाई मेरो मातृभुमि प्राणभन्दा प्यारो छ भन्ने भावना सम्पूर्ण पुनर्वासी अनि नेपाली दाजुभाई दिदिबहिनीहरुमा जागोस् भन्न चाहन्छु । केहि गर्ने जोश र जाँगर बोकेको आप्mना छोरा छोरीका लागी खुट्टा नकमाइकन संघर्ष गर्नोस् म भन्न चाहन्छु । समृद्ध नेपालको परिकल्पना र खाका कोर्न सक्ने साहसी अनि मेहनती, लगनशील बन्न सक्ने नानीबाबुहरुको भबिष्यमा खेलवाड नगरी उनीहरुलाई झुटको खेती गर्न नसिकाइएको होस् म चाहन्छु । “विधा धनम् सर्व धनम् प्रधानम्”् भन्ने उक्तिलाई सदैव आत्मसात गराउने प्रवृतिको विकास आप्mना सन्ततिमा देखाउनुहोस् म भन्न चाहन्छु । आउनोस् हामी सबै मिलेर पुनर्वास मात्रै होइन राष्ट्र निर्माणमा जुटौँ भन्ने सकारात्मक भावनाको विकास होस् । यति भन्दै हेल्लो पुनर्वास साप्ताहिक परिवारको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद । जय जय जय नेपाल ।

थप सम्बन्धित समाचार
Follow
Us